धौलागिरी क्रिकेट क्लबको विजयी सुरुवात

बागलुङ, २४ मंसिर
जिल्लामा जारी हरि खड्का स्मृति कप राष्ट्रि क्रिकेट प्रतियोगिता अन्तरगत शुक्रबार भएको खेलमा धौलागिरी क्रिकेट क्लब विजयी भएको छ ।
नयाँ शक्ति क्रिकेट क्लब र धौलागिरी क्रिकेट क्लबबीच भएको खेलमा धौलागिरीले नयाँ शक्तिलाई ८ विकेटले पराजित गरेको हो । टस जितेर पहिले ब्याटिङ रोेजेको नयाँ शक्तिले ११ ओवरमा ५७ रनमै समेटिएको थियो ।
नयाँ शक्तिका लागि सुनिल जिसीले १८ रन जोड्नु बाहेक अन्यले सम्झना लायक पारी खेल्न सकेनन् । धौलागिरी क्रिकेट क्लबका निर्मल पुनले ३ ओवरमा ८ रन खर्चेर ४ विकेट लिएका थिए ।
५८ रनको विजयी लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङ गरेको डिसीसीले ७ ओभर ३ बल खेल्दै दुई विकेट गुमाएर लक्ष्य पूरा गरेको थियो । डिसीसीको जितको लागि दिलीप जिसीले २६ रन जोडेका थिए । बलिङतर्फ उत्कृष्ट प्रदर्शन गरेका डिसीसीका निर्मल पुन म्यान अफ द म्याच घोषित भए ।
प्रतियोगिता अन्तरगत शनिबार विसिसि ‘बी’ र सफल क्रिकेट टिम, डिसीसी र पञ्चकोट युवा क्लब तथा पोखरा र बेनीबीच खेल हुने आयोजकले जनाएको छ । प्रतियोगिता हरि खड्का स्मृति कप राष्ट्रिय क्रिकेट प्रतियोगिता आयोजक समितिको आयोजना र नेपाल विद्यार्थी संघ बागलुङको व्यवस्थापनमा बाँगेचौर खेल मैदानमा जारी छ ।