बागलुङेको माया मिठो छ (भिडियो सहित)

बिक्रम सुनार
बागलुङ, २२ मसिंर
बागलुङकी सरस्वती खडका परियार पहिलो सांगेतिक कोशेली स्वरुप पञ्चे बाजा “बागलुङेको माया मिठो” छ बजार ल्याउनुभएको छ ।
प्रल्हाद सुवेदीको उत्कृष्ट शव्द सृजना, बसन्त थापाको लय रहेको पञ्चे वाजामा नव गायिका सरस्वती खडका परियार र उहाँको भान्जा लोक तथा दोहोरी गायक बाबुकृष्ण परियारले आवाज दिनुभएको छ ।
लोक संगितलाई माया गर्ने विगत केही वर्ष अगाडि थुप्रै दोहोरी प्रतियोगितामा समेत विजेता भएकी खडकाले यसपालि पञ्चे वाजा गीत बजार ल्याएको बताउनुभएको छ ।
यानी माया सालैजो गाएको
भैरवथानको आर्शिवाद पाएको
देरालीमा लाकुरीको छायाँ मिठो छ,
झटट् हेर्दा अल्लारे, आलो काँचो ठिटो छ,
चिन्ता छैन बागलुङेको माया मिठो छ ।
गीतमा धौलागिरी अंचलका विभिन्न ठाउँ तथा बागलुङको धामिक स्थल भैरवथान लगायतका क्षेत्रलाई समावेश गरिएको छ ।
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान बागलुङ शाखाकी कोषाध्यक्ष समेत रहेकी खडका दर्शक अनि श्रोताहरुले प्रत्यक्ष तथा सामाजिक संजालहरुमा सकरात्क प्रतिक्रिया दिएको एकदमै खुशी भएको बताउनुभएको छ ।
कुमार केसीले निर्देशन गरेको म्युजिक भिडियोमा निर्माता गायिका सरस्वती खडका परियारकी श्रीमान सुजन परियार रहनुभएको छ ।
खडका परियार दाम्पत्ति बागलुङको हल्लनचोकमा जनप्रिय टेलरिङ्ग एण्ड सुटिङ्ग सेन्टर नामबाट सेन्टर व्यवसाय गर्दै आउनुभएको छ ।