अदुवाबाट चक्लेट बनाउने तालिम

बागलुङ, २१ मंसिर
अदुवाबाट मिठाई बनाउने सिप प्रदान गरी स्थानीयको अर्थोपार्जनमा सहयोग पु¥याउने उद्देश्यले बागलुङको विहँुँमा अदुवाबाट चक्लेट बनाउने (जिन्जर क्यान्डी) तालिम सुरु गरिएको छ ।
विहुँ गाविसको आर्थिक सहयोग र ज्ञानज्योति सामुदायिक अध्ययन केन्द्रको आयोजनामा विहुँ–१ सुल्डाडामा तालिम सुरु गरिएको हो ।
तालिम उद्घाटन पछि बोल्दै गाविस सचिव मनोज कार्कीले स्थानीय तहमा उपलब्ध हुने स््रोत र साधनको उचित उपयोग गर्न सके आर्थिक हैसियत सुधार गर्न सकिने धारण व्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा शिक्षक संघका सचिव भुवनीप्रसाद कँडेल, नारायण कँडेल महिला संजालकी उपसचिव लक्ष्मी कँडेल, छमुकली कँडेल, टिकाकुमारी कँडेल, प्रशिक्षक ऋषिराम शर्मा अनिता बोहरा लगायतले बोल्नुभएको थियो ।
उद्घाटन कार्यक्रम अध्ययन केन्द्रका अध्यक्ष बालकृष्ण कँडेलको अध्यक्षता, ज्ञानज्योति प्राविका प्रधानध्यापक मानबहादुर केसीको स्वागत र कल्पना कँडेलको सचालनमा सम्पन्न भएको थियो ।
तालिममा अदुवाबाट मिठाई बनाउने तरिका तथा बजार व्यवस्थापन सम्ब्न्धी सहजिकरण गरिने बताइएको छ । तालिममा स्थानीय ३० जनाको सहभागीता रहेको छ । तालिम दुई दिनसम्म संचालन हुने अध्यक्ष बालकृष्ण कँडेलले जानकारी दिनुभयो ।