बागलुङ, २१ मंसिर
बागलुङको भीमापोखरा–३ सलाम स्थित हरिकमल प्राविमा मंगलबार अभिभावक भेला सम्पन्न भएको छ ।
भेलाले जगन्नाथ सापकोटाको अध्यक्षतामा विद्यालय व्यवस्थापन समिति गठन गरेको छ । समितिको सदस्यहरुमा डिलबहादुर थापा, पवित्रा थापा, गिता केसी जग्गादाता र चन्दा दाताको तर्फबाट टिकी थापा र पूर्णबहादुर थापा,प शिक्षक प्रतिनिधी प्रेमबहादुर थापा र सदस्य सचिवमा प्रधानध्यापक होमनाथ गौतम रहनुभएको ।
भेलाले तेजबहादुर थापाको अध्यक्षतामा ११ सदस्यीय शिक्षक अभिभावक संघ गठन गरेको छ । समितिको सदस्यमा हरिबहादुर केसी, पूर्णबहादुर थापा, उजेली भण्डारी, इन्द्रबहादुर थापा, चन्द्रबहादुर थापा, मिनबहादुर बस्याल, चन्द्रकला थापा, नारायणदक्त सापकोटा, शिक्षक प्रतिनिधि विरबहादुर थापा र सदस्य सचिवमा प्रधानध्यापक होमनाथ गौतम रहनुभएको छ ।
कार्यक्रममा जगन्नाथ सापकोटा, हरिबहादुर केसी, टेकबहादुर थापा, यामबहादुर थापाले बोल्नुभएको थियो । जनकल्याण मावि स्रोत केन्द्रका स्रोतव्यक्ती श्रीप्रसाद न्यौपानेको अध्यक्षतामा समपन्न कार्यक्रममा स्वागत शिक्षक विरबहादुर थापा र संचालन होमनाथ गौतमले गर्नुभएको थियो ।









