वृहत कृषि प्रदर्शनी सकियो

बागलुङ, १९ मंसिर
पशु स्वास्थ्य तथा बाँझोपन निवारण शिविर बागलुङको भीमापोखरामा संचालित वृहत कृषि मेला प्रदर्शनी एवं निःशुल्क पशु स्वास्थ्य तथा बाँझोपन निवारण शिविर शनिबार सम्पन्न भएको छ । सिम्रिक कृषि तथा पशु व्यवसायिक सहकारी संस्था लि बागलुङको व्यवस्थापनमा शुक्रबारदेखि शुरु भएको शिविर सम्पन्न भएको हो ।
जिल्ला कृषि विकास कार्यालय, जिल्ला पशु सेवा कार्यालय र रोटरी क्लब अफ बागलुङको आर्थिक एवं प्राविधिक सहयोगमा जिल्लाको भीमापोखरा, धम्जा, पाला र बागलुङ नगरपालिकाको वडा नम्बर ६ र ७ लाई समावेश गरी शिविर संचालन गरिएको सिम्रिक कृषि तथा पशु व्यवसायिक सहकारीका अध्यक्ष मनिभद्र शर्माले जानकारी दिए ।
शिविरको अन्तीम दिन प्रर्दशनीमा रहेका कृषि उपज तथा पशु उत्पादन मूल्याङ्गकन गरिएको थियो । कृषि उत्पादन तर्फ २८ जना कृषकलाई जिल्ला कृषि विकास कार्यालय र पशु तर्फ आठ जनालाई सिम्रिक कृषि सहकारीले पुरस्कार प्रदान गरिएको थियो ।
कार्यक्रममा जिल्ला पशु सेवा कार्यालय बागलुङका प्रमुख डा. गोपाल गिरी, जिल्ला सहकारी संघ बागलुङका अध्यक्ष दिपक गौतम, नेपाल पत्रकार महासंघ बागलुङका अध्यक्ष हरिनारायण गौतम, सिम्रिक कृषि सहकारी संस्थाका सल्लाहकार डिल्लाराज गौतम, जिल्ला कृषि विकास कार्यालय बागलुङका राजु शर्मा, नेकपा एमाले गाउँ कमिटी भीमापोखराका अध्यक्ष रामप्रसाद शर्मा, लगायतले बोलेका थिए ।
कार्यक्रम सिम्रीक कृषि सहकारी संस्थाका अध्यक्ष मणीभद्र शर्माको अध्यक्षता, उपाध्यक्ष धनबहादुर कार्कीको स्वागत र चुडामणी आचार्यको संचालनमा सम्पन्न भएको थियो ।
ग्रामिण क्षेत्रका कृषकहरुलाई प्रोत्साहन गर्न र ग्रामिण क्षेत्रमा गरिने कृषिहरुलाई बजारीकरण गर्न सहयोग पु¥याउने उद्देश्यीयले उक्त कार्यक्रम आयोजना गरिएको अध्यक्ष शर्माले बताए
कार्यक्रममा भीमापोखरा, धम्जा, पाला र बागलुङ नगरपालिकाको वडा नम्बर ६ र ७ का कृषकहरुले आफुले उत्पादन गरेका कृषि सामाग्रिहरु प्रदर्शनीमा राखिएको थियो । शिविरमा घरपालुवा पशुहरुको बाँझोपन तथा विभिन्न रोगहरुको समेत उपचार गरिएको थियो ।