मायाको पिरमा किना डुव्न थाले जलन

बागलुङ, १७ मंसिर
सर्जक तथा गायक केपी कुमार जलन फेरी लोक दोहोरी गित ‘काली सललल’ बजारमा लिएर आएका छन् ।
आचार्य डिजिटल पोखराको प्रस्तुतीमा उनले बजारमा ल्याएका हुन । आठ बर्ष देखी फौजी सेवामा कार्यरत जलन नेपाली लोक संगितको बिशाल क्षेत्रमा छोटो समयमै नै चर्चा कमाउन सफल भएका छन् ।
गायक जलनले अघि माया हासेर लाएउ, उराठ लाग्दो त्यो रानी वन, बागलुङ बजार डुलेको रोईला दोहोरी गित बजारमा ल्याई सकेका छनर । आफ्नै लय तथा शव्द सृजना गरी गाउने जलनले भर्खर मात्रामा बजारमा लिएको लोक दोहोरी गित काली सललमा लय शव्द आवज गायक जलनको रहेको छभने उनलाई चर्चित लोक दोहोरी गायिका सिता परियार र सोनिया चापागाईले साथ दिएका छन् ।
काली गंगा उर्लेर आउदा, सोचे जस्तो तिम्रो साथ नपाउदा, मुलको पानी सकिना पिउनलाई तिम्रै यादमा गारो भो जिउनलाई आखिर माया गरेको मान्छे संग टाढा बस्दा कसलाई पो मन बुझ्छर यसैले त उनले गित मार्फत भनेका छन् ।
काली सलल निष्ठुरी मायालाई देख्छु झलल जव उनले माया गरेको मान्छेबाट नै धोका पाईन्छ भने जिन्दागीको कुनै अर्थ नरहेको भन्दै यसरी गुनासो पोखेका छन् ।