भीमापोखरामा वृहत कृषि मेला प्रदर्शनी सुरु

बागलुङ, १७ मंसिर
सिम्रिक कृषि तथा पशु व्यवसायिक सहकारी संस्था लि. बागलुङको व्यवस्थापनमा शुक्रबारदेखि बागलुङको भीमापोखरामा वृहत कृषि मेला प्रदर्शनी एवं निःशुल्क पशु स्वास्थ्य तथा बाँझोपन निवारण शिविर सुरु भएको छ ।
जिल्ला कृषि विकास कार्यालय, जिल्ला पशु सेवा कार्यालय र रोटरी क्लब अफ बागलुङको आर्थिक एवं प्राविधिक सहयोगमा जिल्लाको भीमापोखरा, धम्जा, पाला र बागलुङ नगरपालिकाको वडा नम्बर ६ र ७ लाई समावेश गरी शिविर संचालन गरिएको सिम्रिक कृषि तथा पशु व्यवसायिक सहकारीका अध्यक्ष मनिभद्र शर्माले जानकारी दिनुभयो ।
शिविरको पहिलो दिन वडा स्तरी भजन प्रतियोगीता सम्पन्न भएको छ । प्रतियोगीतामा हातेमालो महिला समूह भीमापोखरा–१ प्रथम, गणेश महिला समूह भीमापोखरा–८ द्धितीय र श्रीगणेश महिला समूह भीमापोखरा–४ तृतीय भएको भजन प्रतियोगिता कार्यक्रमका संयोजक विद्यापति शर्माले जानकारी दिनुभयो ।
कृषि प्रर्दशनीको लागि हालसम्म एक सय ३० प्रजातिको कृषि उपजको दर्ता भएका छन् ।
ग्रामिण क्षेत्रका कृषकहरुलाई प्रोत्साहन गर्न र ग्रामिण क्षेत्रमा गरिने कृषिहरुलाई बजारीकरण गर्न सहयोग पु¥याउने उद्देश्यीयले उक्त कार्यक्रम आयोजना गरिएको सहकारीका सहसचिव खिम बहादुर कार्कीले बताउनुभयो ।
कार्यक्रममा भीमापोखरा, धम्जा, पाला र बागलुङ नगरपालिकाको वडा नम्बर ६ र ७ का कृषकहरुले आफुले उत्पादन गरेका कृषि सामाग्रिहरु प्रदर्शनको लागि नामदर्ता गरेका छन् । उक्त प्रदर्शनीमा उत्कृष्ट ठहरिएका कृषि बस्तुहरुलाई पुरस्कृत गरिने सहकारीका सहसचिव कार्कीले बताउँनुभयो । शिविरमा घरपालुवा पशुहरुको बाँझोपन तथा विभिन्न रोगहरुको समेत उपचार गरिने बताइएको छ ।
सहकारीले अघिल्लो वर्षपनि भीमापोखरामा कृषि मेला प्रदर्शन गरेको थियो । सहकारीले कृषकहरुको मनोभावमा परिवर्तन ल्याउन र कृषिमा यान्त्रिकीकरण र कृषिको बजारीकरण गर्नको लागि सहयोग गर्दै आएको छ ।