राहत रकम हस्तान्तरण

बागलुङ, १७ मंसिर
बागलुङ जिल्लाको भीमापोखरा–७ को एक परिवारलाई दुई सहकारीले राहत रकम हस्तान्तरण गरेका छन ।
भीमापोखरा–७ का बलबहादुर थापाको निधन भएको ९औ दिनको पुन्थ तिथीमा श्रद्धाञ्जली सभा सहित सिम्रिक कृषी तथा पशुपालन व्यवसायिक सहकारी र गुँहेली संचार सहकारी संस्थाले राहत रकम प्रदान गरेका हुन ।
दुवै संस्थाका सेयर सदस्य रहेका स्वर्गीय थापाका बुहारी लक्ष्मी थापा र ललिमाया थापालाई सिम्रिकको तर्फबाट दुई हजार र गुहेलीको तर्फबाट एक हजार रुपैयाँ राहत उपलब्ध गराइएको हो ।

सो अवसरमा सिम्रिक कृषि सहकारीका अध्यक्ष मणीभद्र शर्मा र गुहेली संचार सहकारीका अध्यक्ष खिमबहादुर कार्कीले संस्थाको नियम बारे जानकारी दिएका थिए । सहकारी संस्थाले शेयर सदस्यका परिवारको मृत्यु भएमा राहत रकम प्रदान गर्ने व्यवस्था गरेका छन् ।