
म्याग्दी, १७ मंसिर
‘समृद्ध समाजको पहिचान, हाम्रो अभियान’ भन्ने मुल नारा सहित म्याग्दीको पिप्ले–३ राखुमा गठित सकारात्मक सोच भएका युवाहरूको क्रियटिप युवा ग्रुप (सिवाईजी) पिप्लेले आज रघुगंगा माध्यमिक विद्यालय पिप्लेको जिर्ण भवनको जिर्णाेदार गरेको छ । सिवाईजी पिप्लेको अगुवाई तथा व्यवस्थापनमा भवन मर्मत गरिएको हो ।
सिवाईजी पिप्लेका सक्रिय सदस्य प्रकाश शर्माको संयोजकत्वमा जिर्ण भवन पन्छाईएको थियो भने सिवाईजीका सदस्य विकास मल्लको संयोजकत्वमा फर्निचर व्यवस्थापन गरिएको थियो ।
भवन निर्माण अवधिभर परामर्श तथा समग्र कार्यको व्यवस्थापन ग्रुपका अध्यक्ष तारानाथ शर्मा (कमल)ले गरेका थिए । ६ लाख ५ हजार ४ सय ६० रुपैयाँमा मर्मत भएको उक्त २ कोठे भवनमा ग्रुपले १५ हजार वरावरको श्रमदान समेत गरेको ग्रुपका अध्यक्ष शर्माले बताए ।
उक्त भवन विगत केही महिनादेखि अत्यन्त जिर्ण अवस्थामा रहेकोले अध्ययन अध्यापन गर्न नसकिने अवस्थामा थियो । मर्मत पछि कक्षा ९ र १० का विद्यार्थी लाभान्वित भएका छन् । भवन मर्मत कार्य समापन भएपछि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अध्यक्ष लक्ष्मि प्रसाद शर्मा, प्रधानाध्यापक रमेश सिं ठकुरि, शिक्षक अभिभावक समितिका अध्यक्ष रूद्र प्रसाद शर्मा तथा समाजसेवी खिम बहादुर शाहिले धन्यवाद सहित ग्रुपको कार्य प्रशंसनिय रहेको आगामि दिनहरुमा पनि रचनात्मक एवं समाजसेवाका कार्यहरु गर्नको लागि आग्रह गरेका थिए ।
ग्रुपले सरसफाई तथा वातावरण संरक्षणका लागि टोलटोलमा फोहोर डस्विनको व्यवस्था, नव सन्तोष सेवा युवा क्लवको जिर्ण भवन मर्मत, खानेपानी मर्मत तथा गोरेटो बाटो मर्मत गर्ने जस्ता कार्यहरु गर्ने तथा कार्यक्रमको लागि चाहिने सहयोगको लागि ग्रुपले सहयोगको अपिल पनि गरेको ग्रुपका सचिव सुदर्शन रिजालले जानकारी दिए ।









