एमाले गाउँ कमिटी लेखानी र तंग्रामको भेला

बागलुङ, १७ मंसिर
नेकपा एमाले गाउँ कमिटी लेखानीको तेस्रो गाउँ अधिवेशन आज सम्पन्न भएको छ । अधिवेशनको उदघाटन समारोहमा बोल्नै नेकपा एमाले केन्द्रीय उर्जा विभाग सदस्य हिराबहादुर केसीले सत्तारुढ दलले संविधान संशोधनको विषय उचालेर देशमा अशान्ति तर्फ उन्मुख बनाएको बताउनुभएको थियो ।
जनभावना विपरित शक्ति केन्द्रको आढमा सरकारले संसोधन विधेयक संसदमा दर्ता गरेको केसीको आरोप रहेको थियो । संविधान संशोधनले देशलाई विखण्डको दिशा तर्फ धकेल्ने बताउँदै केसीले गाउँगाउँबाट सशोधनको विरोध गर्नुपर्ने बताउनुभएको थियो ।
कार्यक्रममा एमाले जिल्ला सचिवालय सदस्य कुलबहादुर विक, क्षेत्रीय उपाध्यक्ष डिलबहादुर कार्की, जिल्ला कमिटी सदस्य भीमबहादुर थापा, क्षत्रीय कमिटी उपाध्यक्ष सुवास गौतम, शिव सापकोटा, कविन्द्र श्रेष्ठ, कुलमान श्रीस लगायतले बोल्नुभएको थियो ।
भेला बेलबहादुर जिसीको अध्यक्षतामा १३ सदस्य गाउँ कमिटी गरेको छ । कमिटीको उपाध्यक्षमा खिमबहादुर थापा, सचिवमा चित्रकला छन्त्याल श्रीस, उपसचिवमा भक्तबहादुर पुन रहनुभएको छ ।
कमिटीको सदस्यमा फूलकुमार श्रीस, मनबहादुर काउचा, कल्पना श्रीस, कमला पुन, हरिमाया रोका, रनबहादुर पुन, मनमाया विक, चमेली विक, मनबहादुर काउचा रहनुभएको छ ।
कार्यक्रम गाउँ कमिटी अध्यक्ष फूलकुमार श्रीसको अध्यक्षता, मनबहादुर काउचाको स्वागत र बेलबहादुर जिसीको सचालनमा सम्पन्न भएको थियो ।
यस्तै, नेकपा एमाले गाउँ कमिटी तग्राम बागलुङको गाउँ अधिवेशन तयारी भेला आज सम्पन्न भएको छ ।
भेलामा बोल्दै नेकपा एमाले जिल्ला सचिवालय सदस्य डिल्लीराज गौतमले प्रचण्ड नेतृत्व सरकारले संविधान संशोधनका लागि तयार गरेको प्रस्तावले राष्ट्रीय स्वाभिमानलाई खतरामा पर्ने भएकाले प्रस्तावको विरोधमा नेपाली जनताहरु एक जुट हुनुपर्ने बताउनुभएको थियो ।
संविधान कार्यन्वयन गर्ने समयमा सरकारले संशोधन प्रस्ताव दर्ता गरेर मुलुकलाई मुडमेटको दिशामा धकेलेको बताउनुभएको थियो ।
कार्यक्रममा नेकपा एमाले जिल्ला सचिवालय सदस्य बालकृष्ण कँडेल, क्षेत्रीय सदस्य रिता राना पुन लगायतले बोल्नुभएको थियो । भेलाले पौष १ गते गाउँ अधिवेशन गर्ने निर्णय गरेको छ । गाउँ कमिटी अध्यक्ष यामबहादुर पुनको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन क्षेत्रीय सदस्य श्याम पुनले गर्नुभएको थियो ।