
बागलुङ, १३ मंसिर
बागलुङ बजारमा सोमबार विहान भूकम्पको धक्का महशुस भएको छ । विहान ५ वजेर २२ मिनेट जाँदा ५.२ रेकटर स्केलको भूकम्पको धक्का महशुस भएपछि बागलुङ बजारमा सुतिरहेका सवै जसो सडकमा निसकेका थिए ।
सोलुखुम्बुबाट नाम्चे बजारबाट ११ किलोमिटर पश्चिमको चौरीखर्क केन्द्र विन्दु भएर विहान पाँच बजेर २१ मिनेट जाँदा ५ दशमलव २ रेक्टर स्केलको भूकम्प गएको इएमएसी सिएएसइएमले जनाएको छ ।
भूकम्पको धक्का देशभर महशुस भएको थियो । भूकम्पबाट के कति क्षेती भएको छ भन्ने बारे अहिलेसम्म कुनै जानकारी बाहिर आएको छैन ।









