बागलुङ, १२ मंसिर
जिल्लाको भीमापोखरा गाविसमा रहेको गुहेली संचार सहकारीले आफ्नो सम्पूर्ण उपसमितिहरु चयन गरेको छ । सहकारीका अध्यक्ष खिम बहादुर कार्कीको अध्यक्षतामा शनिबार बसेको संचालक समितिको दोस्रो बैठकले सल्लाहकार, शिक्षा उपसमिति, ऋण उपसमिति, सूचना तथा संचार उपसमिति, शेयर वृद्धि उपसमिति र महिला उपसमिति गठन गरेको छ ।
सहकारीका सल्लाहकारहरुमा हरिनारायण गौतम, डिल्लीराज गौतम, चन्द्रमणि उपाध्याय, अमर थापा, दिपक गौतम, विद्यापति शर्मा, चन्द्रकला सापकोटालाई चयन गरेको अध्यक्ष कार्कीले जानकारी दिए ।
यस्तै दोस्रो बैठकले संचालक समिति सदस्य चित्र बहादुर कार्कीको संयोजकत्वमा ३ सदस्य शिक्षा उपसमिति गठन गरेको छ । समितिको सदस्यहरुमा कर्ण बहादुर थापा र हरिमाया थापा रहेका छन् । यस्तै बैठकले संचालक समितिका कोषाध्यक्ष प्रसाद थापाको संयोजकत्वमा ३ सदस्य ऋण उपसमिति गठन गरेको छ । समितिको सदस्यहरुमा गिता शाहि र इन्द्र बहादुर क्षेत्री रहेका छन् । यस्तै सदस्य नविन शिशिर विकको संयोजकत्वमा ५ सदस्य सूचना तथा संचार उपसमिति गठन गरेको । समितिको सचिवमा अर्जुन कार्की, सदस्यहरुमा प्रेम केसी, रेशम बहादुर कार्की र विद्यापति शर्मालाई चयन गरेको संस्थाका सचिव सुर्य बहादुर थापाले जानकारी दिए ।
यस्तै बैठकलले सचिव सुर्य बहादुर थापाको संयोजकत्वमा २ सदस्य शेयर वृद्धि उपसमिति गठन गरेको छ । समितिको सदस्यमा सागर कुमार विक रहेका छन् । यस्तै संस्थाकी उपाध्यक्ष खिमा शर्माको संयोजकत्वमा ३ सदस्य महिला उपसमिति गठन गरेको छ । समितिको सदस्यहरुमा लालकुमारी भण्डारी र चन्द्रकला थापा रहेको संस्थाका अध्यक्ष कार्कीले बताए ।
सहकारीको दोस्रो बैठकले मंसिर ११ गतेदेखि लागुहुने गरी संस्थाका शेयर सदस्यहरुको मृत्यु भएमा रु ५ हजार, हकवालाको मृत्यु भएमा रु ३ हजार र शेयर सदस्यका एकाघरका सदस्यको मृत्यु भएमा १ हजार राहत उपलब्ध गराउने निर्णय गरेको सहकारीका सचिव थापाले जानकारी दिए ।
संस्थाले शेयर सदस्यहरुलाई कुनै दैविक प्रकोपबाट ५० हजार बराबरको क्षेती भएमा संस्थाको तर्फबाट रु ५ हजार राहत रकम उपलब्ध गराउने निर्णय गरेको सहकारीका अध्यक्ष कार्कीले जानकारी दिए । कार्यक्रमको संचालन सचिव सुर्य बहादुर थापाले गरेका थिए । सहकारीले २०७३ साल देखि खबरवे नामक अनलाइन संचालन गरिरहेको छ ।









