
बागलुङ, ८ मंसिर
बौद्धिक तथा शारीरिक विकासका लागि खेलकुद भन्ने मुल नाराका साथ गरिमा आवासिय मावि तथा डिग्नीटि कलेज बागलुङले शुक्रबारदेखि आयोजना गरेको गरिमा च्याम्पियनसीप कप २०७३ टि–१२ क्रिकेट प्रतियोगिताको उपाधि आयोजक गरिमा आवासिय माविले जितेको छ ।
बाङ्गेचौर खेलमैदानमा भएको निकै रोमाञ्चक खेलमा अमर आर्दश आवासिय उमाविलाई ६ विकेटले पराजित गर्दै गरिमा आवासिय माविले उपाधि जितेको हो ।
पहिले टस जितेर व्याटिङ रोजेको अमर आदर्श आवासिय माविले १६ ओभरमा ८ विकेट गुमाउँदै ७८ रन बनाएको थियो । खेलको पहिलो ओभरमा आफ्ना क्याप्टेन सुनिल जिसी र दोस्रो ओभरमा सुनिल काउचा खातानै नखोली पवेलियन फकीदा आदर्श २ ओभरमा मात्र १ रनको अवस्थामा रहेको थियो । उक्त अवस्थामा रहेको आदर्शलाई विरन थापा र अटल अधिकारीले राम्रो लयमा ल्याएका थिए ।
आदर्शका व्याटम्यान विरन थापाले २४ वलमा २२ रन र अटल अधिकारीले २१ वलमा १३ रन बनाएका थिए ।
७९ रनको लक्ष्य लिएर जबाफि व्याटिङमा उत्रेको गरिमा आवासिय उमाविले १५ ओभरमा ४ विकेटको क्षेतीमा लक्ष्य भेटाएको थियो ।
गरिमाको पनि पहिलो ओभर धरमराएको थियो । उसका ओपन व्याटम्यान पवन थापा पहिलो बलमै आउट हुन पुगेका थिए । दोस्रो ओभरदेखि केही आक्रमक पारी खेलेका गरिमाका ओपनर ब्याटम्यान कमल शेरचनले १३ बलमा २ छक्का र १ चौकाको मद्धतमा २० रन बनाएका थिए । गरिमाको जितको लागि खेल अवधिभर उत्कृष्ट व्याटिङ गरेका अर्जुन क्षेत्रीले ४२ बलमा नटआउट ३० रन र उत्कृष्ट बलिङ गरेका भुवन कार्कीले नटआउट ४ रन बनाएका थिए ।
यस अघि सेमिफाइनलमा खेलमा गरिमा आवासिय माविले कालिका कन्या माविलाई ३ विकेटले र अमर आदर्श माविले भिमसेन उच्च माविलाई ३ विकेटले पराजित गर्दै फाइनल प्रवेश गरेक ाथि ।
बागलुङ जिल्लाका १५ विद्यालयहरुको सहभागिता रहेको उक्त प्रतियोगितामा ४ खेलबाट ९ विकेट लिदै गरिमा आवासियका भुवन कार्की उत्कृष्ट बलर, ४ खेलमा ८६ रन बनाएका गरिमाका अर्जुन क्षेत्री उत्कृष्ट व्याटम्यान घोषित भएका थिए । यस्तै अमर आदर्शका विरेन थापा उत्कृष्ट खेलाडी घोषित भएका छन्भने युएस एकेडेमीका सन्देश छन्त्याल अनुशासीत खेलाडी घोषित भएका थिए ।
प्रतियोगिताको उपाधि जितेको गरिमा आवासिय उमाविले १० हजार ५ सय ५५ सहित ट्रफि मेडल र प्रमाणपत्र प्राप्त गरेको छभने अमर आदर्श माविले ५ हजार ५ सय ५५ सहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।









