सेतो गुँरासको वार्षिक समिक्षा

बागलुङ, ७ मंसिर
सेतो गुराँस बाल विकास सेवा केन्द्र बागलुङले सर्कुवा गाविसमा संचालन गरेको कार्यक्रम बारे मंगलबार समिक्षा गरिएको छ ।
‘एडुकेट दी फ्युचर’ परियोजना अन्तर्गत केन्द्रले सन् २०१६ को अवधिवमा संचालन गरेको कार्यक्रमको प्रभाव, चुनौती र आर्थिक तथा भौतिक व्यवस्थापनबारे वार्षिक समिक्षा कार्यक्रम सम्पन्न गरेको हो ।
समिक्षा कार्यक्रमको सहजिकरण गर्दे सेवा केन्द्रका परियोजना संयोजक पम्फा खडकाले एक वर्षको अवधिवमा बालविकास केन्द्रको व्यवस्थापन तथा भौतिक पूर्वधार निर्माणको काममा ३७ लाख ५२ हजार पाँच सय १३ रुपैयाँ खर्च भएको जानकारी दिनुभएको थियो ।
केन्द्रले ६ वटा बालविकास केन्द्र र ५ वटा विद्यालय अन्तर्गतका बालविकास केन्द्रलाई सहयोग गर्दै आएको छ । गत वर्ष २ वटा बालविकास केन्द्रको भवन निर्माण गरिएको परियोजना संयोजक खडकाको भनाई रहेको छ ।
कार्यक्रममा स्रोतव्यक्ती विष्णुप्रसाद शर्माले बोल्नुभएको थियो । कार्यक्रममा सहभागी स्थानीले बालविकासले बालबालिकामा अध्ययन गर्ने र सिक्ने बानिको विकास भएको बताएका थिए । कार्यक्रम गाविस सचिव सन्तोष पौडेलको अध्यक्षतामा सम्पन्न भएको थियो ।