नमुना युवा संसदमा सांसद र सरकारलाई व्यंग्य

बागलुङ, ५ मंसिर
बागलुङमा आज नमुना युवा संसदको अभ्यास गरिएको छ ।
संसदीय अभ्यास, युवाहरुलाई अधिकार र सवालमा बहस पैरवी, विकासमा युवा सहभागिता र क्षमता अभिवृद्धि गर्न सहयोग पु¥याउने उद्धेश्यले नमुना युवा व्यवस्थापिका संसदको अभ्यास गरिएको हो ।
स्थानीय र राष्ट्रिय सवालहरु बारे निकै गम्भिर रुपमा छलफल भएको युवा संसदको आयोजना युएनडिपीको सहयोगमा नेपाल युवा संस्था सञ्जाल (आयोन)ले गरेको हो । नमुना संसदको कार्यक्रममा प्रत्यक्ष उपस्थित रहेका बागलुङका सांसद प्रकाश शर्मा पौडेल र म्याग्दीका सांसद नवराज शर्माले कार्यक्रमले आँफुहरुलाई युवाहरुका सवालका साथै सदनमा खेल्ने भुमिकामा पनि अझै बढी संवेदनशिल बनाएको प्रतिक्रिया दिनुभयो ।
प्रधानमन्त्री, मन्त्री, मुख्य सचेतक र सांसद बनाइएका बिद्यार्थीहरुले यथार्थमा आफ्ना प्रतिनिधि सांसदहरुले अहिले सम्म सदनमा प्रभावकारी भुमिका निर्वाह गर्न नसकेको महुशस भएको बताएका छन् ।
‘संसद बैठकको टेलिभिजनहरुमा प्रत्यक्ष प्रसारण हेर्दा धौलागिरीका दर्जनौ हाम्रा जनप्रतिधिमा एकाधले मात्र आवाज उठाएको पाएका छौ, सांसदको भुमिकामा रहेका बिद्यार्थी सिजन सापकोटाले भन्नुभयो, ‘यो कार्यक्रमबाट सांसदले पनि धेरै आवाज उठाउन र भुमिका निर्वाह गर्न सक्छन् भन्ने अनुभुति गरेका छौ, आगामी दिनमा हाम्रा सांसदहरुलाई त्यस्तो भुमिकामा देख्न चाहन्छौ ।’
संसदीय अभ्यास, युवाहरुलाई अधिकार र सवालमा पैरवी, विकासमा युवा सहभागिता र क्षमता अभिवृद्धि गर्न सहयोग पु¥याउने उद्धेश्यले नमुना युवा व्यवस्थापिका संसदको अभ्यास कार्यक्रम गरिएको नेपाल युवा संस्था सञ्जाल (आयोन)का अध्यक्ष हिमाल महतले बताउनुभयो ।