
बागलुङ, ४ मंसिर
बागलुङमा जारी टि–टुवेल अन्तर विद्यालय स्तरीय ‘गरिमा च्याम्पेनसिप ट्रफि–२०७३’ क्रिकेट प्रतियोगीताको दोस्रो दिन शनिबार तीन खेल सम्पन्न भएका छन ।
दोस्रो दिनको खेलबाट विद्यामन्दिर उच्च मावि, चिल्डे«न लाईफ बोर्डिङ्ग स्कुल र अमर आदर्श उच्च मावि सेमिफाईनलमा प्रवेश गरेका छन ।
धौलागिरी विरेन्द्र उच्च मावि र विद्यामन्दिर उच्च माविबीच भएको प्रतियोगीतामा विद्यामन्दिर ३८ रनअन्तरले विजय भएको थियो । ट्रस जितेर व्याटिङ रोजेको विद्यामन्दिरले ६ विकेटको क्षतीमा एक सय १३ रनको टार्गेट पेस गरेको थियो । जवाफी व्याटिङमा उत्र्रिएको धौलागिरी विरेन्द्र उच्च मावि ७७ रनमा अलअउट भएको थियो । विद्यामन्दिरकोको जितमा नारायण जिसीले सर्वाधिक रन जोडेको थिए ।
यसैगरी, ट्रस जितेर व्याटिङ रोजेको चिल्डे«न लाईफले निर्धारित ओभरमा दुई विकेटको क्षतीमा एक सय २० रनको लक्ष्य प्रस्तुत गरेको थियो । चिल्ड्रेन लाईफको लागि भुवन श्रीसले प्रतियोगीताको पहिलो अर्धशतक ५६ रन जोडेका थिए । जवाफी व्याटिङमा उत्र्रिएको कालीगण्डकी उच्च मावि निर्धारित ओभरमा ५ विकेटको क्षतीमा जम्मा ९४ रन बनाएको थियो ।
यस्तै, युएस बोर्डिङ स्कुल र अमर आदर्श उच्च माविबीच भएको खेलमा अमर आदर्श ६ विकेटले विजय भएको थियो । ट्रस जितेर फिल्ड रोजेको अमर आदर्शको जितको लागि सन्देश छन्त्यालले प्रतियोगीताको दोस्रो अर्धसतक ५६ रनको योगदान गरेका थिए । पहिले व्याटिङ गरेको यु.एस एकेडेमीले निर्धारित ओभरमा ५ विकेटको क्षतीमा ८९ रनको लक्ष्य प्रस्तुत गरेको थियो ।
प्रतियोगीताको तेस्रो दिन आइतबार न्युसोसिज भर्सज फ्युचर ब्राईटर उच्च मावि, भीमसेन उच्च मावि भर्सज सनराईज उच्च मावि र सिद्धार्थ शिक्षा सदन भर्सेज आदर्श विद्यामन्दिरबीचको खेल संचालन हुने खेल संयोजक केदार पौडेलले जानकारी दिनुभयो ।









