बराह महोत्सव सम्पन्न

बागलुङ, २९ कात्तिक
बागलुङको भकुण्डेमा तीन सम्म संचालन भएको बराह महोत्सव तथा मेला सोमबार सम्पन्न भएको छ ।
बराह ताल तथा मन्दिर संरक्षण समितिको आयोजनामा भएको महोत्सव समापन अवसरमा बोल्दै सांसद नरबहादुर थापालेबागलुङ जिल्लालाई पर्यटकीय स्थलको रुपमा विकास गर्न स्थानीय तहदेखिनै पहल र पर्यात्न गर्नुपर्ने बताउनुभएको थियो ।
तालको बीचमा मन्दिर निर्माण, वृद्धाश्रम, धर्मशाला बनाउने उद्देश्यका साथ मेला आयोजना गरिएको हो । उक्त अभियानलाई आर्थिक सहयोग संकलनको लागि खेलको देउसीभैलो कार्यक्रमबाट १४ लाख रुपैयाँ संकलन भएको बताइएको छ ।
मेलाको अन्तिम दिन बराह ताल र हिरा तालमा तोरण तानिएको थियो । मेलामा युवा पण्डित तिर्थराज गौतम, कृष्णलाल रिजाल र ताराप्रसाद गौतमले प्रबचन दिएको हाम्रा सहकर्मी उमाकान्त शर्माले जानकारी दिनुभयो ।