बागलुङ, २९ कात्तिक
करिब २ हप्ताको लामो छलफल पछि अन्त्तत बागलुङमा ४ नगरपालिका र ६ गाँउपालिकाको प्रस्तात राजनैतिक दलहरुले जिल्ला प्राविधिक समितीलाई बुझाएका छन् ।
बागलुङ क्रियाशिल राजैनितकदलहरु मध्ये नेपाली कांग्रेसको असहमतिका बिच स्थानीय तह पुर्नसंरचना प्राविधिक सहयोग समितीलाई प्रस्ताव बुझाएको जनाएका छन् । राजनैतिक दलहरुको आ–आफ्नै अडानको कारण छलफलका लागि यति लामो समय लागेको जिल्ला प्राविधिक समितीले जनाएको छ ।
अहिले स्थानीय विकास अधिकारी संयोजक रहेको स्थानीय तह पुर्नसंरचना प्राविधिक सहयोग समितीले छलफल भैरहेको समितीका सदस्य सचिव खिम विकले खबरवे जानकारी दिनुभयो ।
राजनैतिक दलका तर्फबाट हालको बागलुङ नगरपालिका भित्र मालिका, तित्याङ, भकुण्डे, रायडाँडा, अमलाचौर, नारायणस्थान, पैयुँपाटा, ६ नम्बर वडा बाहेकको सिगाना र पालाकोटको ६, ७, ८ र ९ गाविसलाई समावेश गरेर बागलुङ नगरपालिका प्रस्ताव गरिएको छ ।
यस्तै कुस्मीसेरा केन्द्र रहने गरी जैमिनी नगरपालिका प्रस्ताव गरिएको छ । जस अन्तर्गत कुस्मीसेरा, दमेक, सर्कुवा, विनामारे, अर्जेवा, जैदि, छिस्ती र पैयुथन्थापका ३, ४, ५, ६, ७ र ८ नम्बर वडा समावेश गरिएको छ ।
यस्तै मजुवा केन्द्र रहने गरी गल्कोटका ८ गाविस समावेश गरेर गल्कोट नगरपालिका प्रस्ताव गरिएको छ । जस अन्तरगत मल्म, काँडेवास, हटिया, नरेठाँटी, दुदिलाभाटि, हरिचौर, पाण्डवखानीको ३ र ४ वाड र रिघा गाविसको ३ र ६ वडा समावेश गरिएको छ ।
यस्तै बुर्तिवाङ केन्द्र रहने गरी बुर्तिवाङ, अधिकारीचौर, राजकुत, बोबाङ र खुङ्गा गाविस समेटीएको ढोरपाटन नगरपालिका प्रस्ताव गरिएको छ ।
साथै बरेङ केन्द्र रहने गरी ७ ओटा गाविस समेटेर बरेङ गाँउपालिका प्रस्ताव गरिएको छ । पैयुथन्थाप गाविसको १, २ र ९ वडा सहित राङखानी, धुल्लुवाँस्कोट, हुग्दीशिर, बाटाकाचौर, सल्यान र सुखौरा गाविस समाहित छन् ।
यस्तै अक्षेते सुल्डाँडा केन्द्र रहने गरि ८ वटा गाविस समेटेर काँठेखोला गाँउपालिका प्रस्ताव गरिएको छ । पाला गाविसका १, २, ३, ४ र ५ वडा सँगै भीमापोखरा, तंग्राम, धम्जा, बिहँकोट, लेखानी, रेश र सिगाना गाविसको ६ वडा काँठेखोला गाँउपालिकामा समावेश गरिएको छ ।
झिवाँखोला केन्द्र रहने गरी निसी, देवीस्थान, बोहोरागाँउलाई समेटेर निसीखोला गाँउपालिका प्रस्ताव गरीएको जनाइएको छ ।
उता ग्वालीचौर, खर्वाङ केन्द्र रहने गरी ९ ओटा गाविस समेटेर बढिघाट गाँउपालिका प्रस्तावीत छ । जसमध्ये दर्लिङ, भिमगिठे, ग्वालीचौर, जलजला, रणसिङकिटेनी, दगातुन्डाँडा, सिसाखानी, पाण्डवखानी वडा नम्बर १,२,५ ,६,७,९ र रिघा वडा नम्बर १,२,४,५,७,८ र ९ समावेश भएको खबरवे अनलाईनलाई जानकारी प्राप्त भएको छ ।
यस्तै भातखानेडाँडा केन्द्र रहने गरी स्वायत्त क्षेत्रका रुपमा ताराखोला गाँउपालिका प्रस्ताव गरिएको छ । जसमा ताराखोला, हिल, अर्गल र अमरभुमी गाविस रहेका छन् ।
साथै दोभान केन्द्र रहने गरी विशेष क्षेत्रकारुपमा तमान, खुङखानी र बोङगादोभान समावेश गरेर तमानखोला गाँउपालिका प्रस्ताव गरिएको छ ।
उल्लेखीत प्रस्ताव दलहरुबाट आएपनि स्थानीय तह पुर्नसंरचना प्राविधिक सहयोग समितीले छलफल पछि अन्तिम रुप दिएरस्थानीय तह पुर्नसंरचना आयोगलाई पठाइने समितिका सदस्य सचिव विकले जानकारी दिनुभयो ।
लामो विवाद पछि बागलुङमा बन्ने भए ४ नगर र ६ गाँउपालिका
कांग्रेसको केही गाविसमा असहमती