
हरेक महिलाले आफ्नो पार्टनर स्वस्थ होस् भन्ने चाहन्छन् । फिट रहने तथा आफूलाई खुशी राख्ने प्रेमी वा श्रीमान् नै हरेक महिलाको छनोटमा पर्छ । त्यसल्ेले एक पुरुषले हरदम स्वस्थ रहनु जरुरी हुन्छ । अरू के चाहन्छन् त युवतीले ?
भुँडी भ्यात्त भएको पुरुषलाई महिलाले मन पराउँदैनन् । त्यसैले व्यायाम गरेर भुँडी शेपमा राख्नुस् ।
गोडा सफा भएका पुरुष महिलाका लागि रुचिकर हुन्छन् । कागतीका टुक्रालाई खुट्टामा पाँच मिनेटसम्म रगड्नुस् । त्यसपछि मनतातो पानीमा कागती निचोरेर २० मिनेटसम्म पाइताला डुबाउनुस् । तपाईंको गोडा सफा हुन्छ ।
राति सुत्दा घुर्ने पुरुषलाई महिलाले मन पराउँदैनन् । मोटोपन घटाएर, सुत्ने पोजिसन परिवर्तन गरेर अनि सुत्नुअघि मनतातो पानी पिएर घुर्ने समस्या समाधान गर्न सकिन्छ ।
शरीर सफा राख्ने र दिनदिनै नुहाउने पुरुषलाई महिलाले मन पराउँछन् । पानीमा नीम हालेर उमाल्नुस् अनि सेलाएपछि नुहाउनुस् । पसिनाको दुर्गन्ध हराउँछ ।
सेतो दाँत भएको पुरुषलाई मन पराउँछन् महिलाले । सुन्तलाको बोक्रा र तुलसीको पातलाई सुकाएर धूलो बनाउनुस् । दिनदिनै दाँत माझिसकेपछि यो धूलोले मसाज गर्नुस् । दाँत पहेंलो हुन पाउँदैन ।
कालो र घना कपाल भएका पुरुषलाई महिलाले मन पराउँछन् । चाँया नभएको कपाल हुनुपर्छ । एउटा प्याजको रस निचोरेर कपालमा दल्नुस् अनि एक घन्टा त्यत्तिकै बस्नुस् । त्यसपछि टाउको नुहाउनुस् । कपाल स्वस्थ हुन्छ ।
स्टामिना भएको पुरुष चाहन्छन् महिलाले । फुर्तीका साथ घरेलु कामकाज गरोस् अनि ओछ्यानमा पनि चरम सन्तुष्टि देओस् पुरुषले भनी महिला चाहन्छन् । स्टामिना पाउनका लागि राति चनाको दाललाई काँचो दूधमा भिजाउनुस् अनि भोलिपल्ट उठेपछि त्यसमा पाँचवटा किसमिस र अलिकति मिश्री हालेर खानुस् ।
सास नगनाउने अनि कुनै पनि किसिमको नशामा नलागेको पुरुष मन पराउँछन् महिलाले । दालचिनी चपाएर वा चियामा हालेर वा पानीमा उमालेर खाने गर्नुभयो भने सास गनाउँदैन ।
दैनिक भास्कर
आइतवार २८ कात्तिक २०७३ मा प्रकाशित