तपाईलाई चटपटे मनपर्छ, अब घरमै यसरी बनाउनुहोस् मुखै रसाउने चटपटे (भिडियो सहित)

सडकमा किनेर खाइने चटपट नेपालीहरुले खुब मन पराउने खाद्य पदार्थ हो । सडकमा राखेको चटपट खाने कतिपयको मनले मान्दैन किनकी त्यो फोहोर मात्र हुँदैन सडको धुलो धुवाँ पनि त्यसमै मिसिएको छ ।
अनि चटपट बनाउनेले त्यसमा अखाद्य हुन सक्ने सस पनि मिसाउँछन् । तर आत्तिनु पर्दैन तपाई चटपटेको फ्यान हो भने घरमै सजिलोसँग चटपटे बनाउन सकिन्छ ।
सुरुमा चटपटेका लागि आवश्यक पर्ने सामग्रीहरू हेर्नुहोस –
भुजा
उसनेर काटेको आलुको टुक्राहरू
चाउचाउ
टमाटर
तेल (पहिलनै तताएर चिसो बनाएको तेल भएमा गन्ध आउँदैन)
कागती
भिजाएको केराउ र चना
प्याज
हरियो खुसार्नीको टुक्राहरू
विरेनुनको धुलो
धनियाको पातको टुक्राहरू
रातो खुर्सानीको धुलो
भुटेर पिसेको जिरा
यी त भए चटपटे बनाउन आवश्यक पर्ने सामग्रीहरू । अव सजिलै चटपटे बनाउन सकिन्छ ।
त्यसका लागि एउटा भाँडोमा सुरुमा चना र केराउ राख्ने अनि सोही भाडोमा उसनेको आलु काटेको, चाउचाउ, टमाटर, प्याज, हरियो खुर्सानी, धनिया, रातो खुर्सानीको धुलो, बिरे नुन, भुटेर पिसेको जिरा र कागतीको रस पनि राख्ने ।
त्यसपछि बल्ल भुजा राख्ने । अन्तिममा भुजा राख्यो भने चटपटे पछि सम्म पनि कुरुम कुरुम गर्छ । अब यी सामग्रीलाई राम्रो सँग मिक्स गर्ने । ठूलो चम्चा, डाडुको खुट्टा, वा सानो लठ्ठीले सजिलैसँग मिक्स गर्न सकिन्छ ।
अब चाहीँ चटपटे खान योग्य भयो । यसलाई हामीले सधै खानेजस्तो गरेर पेपरमा राखेर खाएपनि हुन्छ भाँडोमै निकालेर खाँदा पनि हुन्छ ।
यसलाई नयाँ तरिकाले खाने हो भने पापडमा बेरेर खान सकिन्छ । त्यसको लागि एउटा तावामा पापडलाई दुबै तर्फ हल्का पकाउने । बेसरीपकायो भने पापड पेपरजस्तो बेरिँदैन ।
हल्का पकाउने वित्तिकै पापडलार्य तातो हुँदानै बेर्ने । चिसो भएको पापड बेरिँदैन । अब बेरेको पापडमा रोखेको चटपटे मज्जासँग खान सकिन्छ ।
हामीले सिकाएको तरिकाले बनाएको चटपट कत्तिको मिठो भयो । साथीभाइसँग सेयर गर्न नविर्सनुहोला ।

– यूमी फुडको सहयोगमा

आइतवार २८ कात्तिक २०७३ मा प्रकाशित