खिम बहादुर कार्की
बागलुङ, १८ कात्तिक
बागलुङको मल्म–९ झिर्काका ३३ वर्षिय खिमबहादुर सुनारलाई कुटपिटमा संलग्न सोही स्थानका २३ वर्षिय दिपक विकलाई प्रहरीले पक्राउ गरेको छ ।
कात्र्तिक १५ गते विकले सुनारलाई कुटपिट गरेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी उपरिक्षक चक्रबहादुर सिंहले जानकारी दिनुभएको छ । कुटपिट भएको भोलीपल्ट अर्थात कात्तिक १६ गते सुनारको ज्यान गएको प्रहरीको भनाई रहेको छ ।
गाउँमा सामान्य कुरामा झगडामा निर्मम ढंगले कुटपिट प्रहरीको भनाई रहेको छ । झगडा के विषयमा भएको भन्ने अनुसन्धान भैरहेको प्रहरी उपरिक्षक सिंहको भनाई रहेको छ । अनुसन्धानको लागि जिल्ला अदालत बागलुङबाट बुधबार ४ दिनको म्याद थप गरिएको छ ।
मृत्तक सुनारको शव आज धौलागिरी अंचल अस्पतालमा पोष्टमार्टम गरिएको छ । हटियामा पोष्टमार्टम गर्नको लागि तिहारको दिनदेखि बुधबारसम्म कुरेपनि डाक्टर अभावमा अंचल अस्पताल ल्याइएको सिहले बताउनुभयो । पोष्टमार्टम पछि शव परिवारको जिम्मा लगाईएको र आजै दासंस्कार गरिएको छ ।
मृत्तक सुनारले बागलुङ बजारमा ट्याक्टर चलाउँदै ४ छोरी १ कान्छो छोरा र श्रीमतीको जिविका चलाउँदै आउनुभएको थियो ।