
बागलुङ, १३ कार्तिक
नेकपा एमाले बागलुङले जिल्ला अधिवेशन र संविधान कार्यन्वयनका लागि जिल्लाव्यापी रुपमा सञ्चालित अभियान तिव्र बनाएको छ । अभियान अन्र्तगत बिभिन्न कलष्टरका वडा तथा गाउँ कमिटीका भेला सम्पन्न भएका छन् ।
अभियान अन्तर्गत नेकपा एमाले बानपा – ११ को सातौँ वडा अधिवेशन सम्पन्न भएको छ । अधिवेशनबाट टिकाराम आचार्यको अध्यक्षतामा २१ सदस्यिय कमिटि गठन गरेको छ । कमिटिको उपाध्यक्षमा लक्ष्मी शर्मा, सचिवमा गणेश प्रसाद शर्मा, उपसचिवमा ऋतिक शर्मा चयन हुनुभएको छ । कार्यक्रममा नेकपा एमाले पुर्व बैकल्पीक केन्द्रिय सदस्य तथा उर्जा राज्यमन्त्री रामजीप्रसाद शर्माले आगामी कुनै पनि निर्वाचनमा नेकपा एमालेको निति नेपाली जनताको पक्षमा भएकाले एमालेको नेतृत्वको लागि जनताले अमुल्य मत दिई पहिलो पार्टी बन्ने निश्चित भएको बताउनुभयो । कार्यक्रममा जिल्ला अध्यक्ष श्रीप्रसाद शर्मा, नेत्रबहादुर बिष्ट, धुव्रबहादुर केसी, भिमकुमारी आचार्य, महमद हुसेन, बाबुराज कार्की लगायतले मन्तव्य राख्नुभएको थियो ।
यसैगरी बानपा–१ रामरेखामा वडा अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले कृष्ण कार्कीको अध्यक्षतामा ११ सदस्यिय कमिटि गठन गरेको छ । कमिटिको उपाध्यक्षमा लालबहादुर रिजाल, सचिवमा दुर्गा बोहरा, उपसचिवमा कल्पना शर्मा चयन हुनुभएको छ । कार्यक्रममा नेकपा एमालेका वैकल्पिक केन्द्रिय सदस्य मनकुमारी केसी, जनताका हक अधिकारलाई स्थापित गर्नका लागि जनता कै घरदैलोमा पुगेर कार्य गर्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा कानुन तथा निर्वाचन आयोग सदस्य ममतादेवि शर्मा, पुर्व राष्ट्रिय प्रतिनिधि परिषद् सदस्य गिता शर्मा, सल्लाहकार कृष्णराज शर्मा, सचिवालय सदस्य धनबहादुर परियार, क्षेत्रिय कमिटि सचिव टकबहादुर बोहोरा, धर्मदक्त शर्मा लगायतले मन्तव्य राख्नुभएको थियो । कार्यक्रम वाड कमिटि अध्यक्ष मुकुन्द शर्माको अध्यक्षता, नारायण शर्मा शर्माको स्वागत र लालबहादुर रिजालको सञ्चालनमा सम्पन्न भएको थियो ।
यस्तै बानपा–५ मा भेला सम्पन्न भएको छ । भेलाले आगामी मंसिर १८ गते वडा अधिवेशन गर्ने निर्णय गरेको छ । अधिवेशनका लागि विभिन्न टोल तथा समुदायमा पुग्ने बताइएको छ । कार्यक्रममा नेकपा एमालेका बैकल्पिक केन्द्रिय सदस्य गोविन्द नेपालीले नेपालको राष्ट्रिय स्वाधिनतालाई मध्यनजर गर्दै देश निर्माणको अभियानमा लाग्नुपर्ने बताउनुभयो । जिल्लाको आर्थिक, शैक्षिक, सामाजिक एवं राजनैतिक विकासका लागि सबैको सहयोग आवश्यक रहेको बताउनुभएको थियो । कार्यक्रममा नेकपा एमाले बागलुङका पुर्व अध्यक्ष जनक पौडेल, गोविन्द गौतम, हिराबहादुर केसी लगायले मन्तव्य राख्नुभएको थियो । कार्यक्रम रामबहादुर हमालको अध्यक्षता, टंक शर्माको स्वागत मन्तव्य र हरि सिलवालको सञ्चालनमा सम्पन्न भएको थियो ।
यस्तै तंग्राम गाविस वडा नम्बर ८ मा गाउँ भेला सम्पन्न भएको छ । भेलाले मंसिर १० गते गाउँ अधिवेशन गर्ने र ४ गते तयारी छलफल गर्ने निर्णय गरेको छ । कार्यक्रममा नेकपा एमाले केन्द्रिय जलस्रोत तथा उर्जा विभाग सदस्य हिरा केसीले वडा देखि गाउँ तहसम्म पार्टी परिचालन गरेको भन्दै एमालेको नेतृत्व भएमा मात्रै देश विकास हुने बताउनुभयो । कार्यक्रममा कलष्टर नम्बर–२ का संयोजक टिकाराम सापकोटा, नेकपा एमाले सचिवालय सदस्य डिल्लीराज गौतम, तंग्राम गाउँ कमिटि इन्चार्ज बालकृष्ण कँडेल, क्षेत्रिय कमिटि सदस्इ याम पुन लगायतले मन्तव्य राख्नुभएको थियो । आगामी मंसिर २५ देखि २७ गते सम्म हुन लागेको जिल्ला अधिबेशनका लागि विभिन्न गाउँ तहमा गरिरहेको भेलामा कामका लागि जिम्मेवारी वाँडफाँड समेत गरेको जानकारी गराइएको छ । कार्यक्रम यामबहादुर पुनको अध्यक्षता, पहलमान थापाको स्वागत मन्तव्य र श्यामबहादुर पुनको सञ्चालनमा सम्पन्न भएको थियो ।









