रघुगङ्गामा प्रथम बार्षिक खेलकुद सम्पन्न

म्याग्दी, १३ कात्तिक/ व्यक्तिको शारीरिक बौद्धिक तथा मानसिक विकासको सम्भावनालाई प्रस्फुटन गर्ने माध्यम नै खेल हो ।यसले मनोरञ्जन दिनुका साथै शारीरिक तन्दुरुस्ती समेत प्रदान गर्छ ।यहीँ कुरालाई मध्यनजर गर्दै रघुगङ्गा मा वि पिप्लेले पहिलो बार्षिक खेलकुद सप्ताह सम्पन्न गरेको छ ।
विद्यालयको अायोजना ,जुरेशको सहअायोजना मा भलिबल ,फुटबल कबड्डि ,रिले दौड ,म्याराथुन ,हाइजम्ज लङ्जम्प लगायतका ५८ वटा खेल समाबेश गरिएको थियो भने १७८ जना ले विभिन्न पुरस्कार प्राप्त गर्ने अवसर पाएका थिए ।विद्यालयमा एक कार्यक्रमका बीच बिजेताहरुलाइ पुरस्कार वितरण गरिएको थियो ।कालाहारी सदन सर्बोत्कृष्ट ,श्याम परियार सर्बोत्कृट छात्र खेलाडी ,अन्जना शर्मा सर्बोत्कृष्ट छात्रा भएकी थिइन ।
कार्यक्रममा गत वर्ष एस एल सि परिक्षामा उत्तिर्ण विद्यार्थी एवम् गत राष्ट्रपति कपमा गोल्ड तथा सिल्भर मेडलिष्टहरुलाई पनि नगद सहित सम्मान गरिएको थियो ।कार्यक्रममा बोल्दै प्रअ रमेश सिह ठकुरीले यस्ता कार्यक्रमले साच्चिकै बिद्यार्थीमा प्रतिस्पर्धाको भावना विकास गराउनुका साथै सामाजिक व्यक्ति निर्माण गर्न सघाउने र समुहमा काम गर्न साधक हुने भएकोले यस्लाई निरन्तरता दिने जनाउनु भएको थियो ।
वार्षिक खेल सप्ताह शिक्षक शङ्कर चोखालको संयोजकत्वमा ,सभापति प्र अ रमेश सिंह ठकुरी ,देवि शाहिको स्वागत विव्यस अध्यक्ष लक्ष्मी प्रसाद शर्माको प्रमुख अाथित्यता ,ईन्द्रदत्त सुबेदी लगायतको मन्तव्य र शङ्कर चोखालको सञ्चालनमा समापन भएको थियोे ।कार्यक्रममा विव्यस समिति ,शिक्षक अभिभावक संघ ,अभिभावकहरु र समाजसेवीहरुको सहभागिता रहेको थियो ।