
बागलुङ, ९ कात्तिक
नेकपा–गाउँ कमिटी राजकुत बागलुङको दोस्रो गाउँ अधिवेशन मंगलबार सम्पन्न भएको छ ।
भेलाले खुमनसिंह थापको अध्यक्षतामा १५ सदस्यीय गाउँ कमिटी गठन गरेको छ । कमिटीको उपाध्यक्षमा दुर्गा दुम्जन, सचिवमा विरेन्द्र लामा, उपसचिवमा विपिन पुन रहनुभएको छ ।
कमिटीको सदस्यमा रिमाबहादुर पुन, मिनबहादुर विक, टेकबहादुर लोकचन, रेमलाल लोकचन, भक्त स्याम्बो तामाङ, रणबहादुर लोकचन, बेलमान पुन, रञ्जना स्याम्बो ओमा स्याम्बो, अनिल घर्ति मगर, टेकबहादुर कुँवर रहनुभएको छ ।
भेलाले लालविर लोकचन संयोजक रहेको सल्लाहकार कमिटी गठन गरेको छ । कमिटीको सदस्यमा विरबहादुर लोकचन र चक्रबहादुर पुन रहनुभएको छ ।
भेलाको उद्घाटन पछि बोल्दै नेकपा प्रदेश नम्बर ४ का सदस्य इन्द्रलाल सापकोटाले विधिको शासन र आर्थिक रुपान्तरणको लागि एमालेको नेतृत्व आवश्यक रहेको बताउनुभयो ।
कार्यक्रममा नेकपा एमाले जिल्ला सचिवालय सदस्य टंक पौडेल, लालविर लोकचन, दिपक रायमाजी लगायतले बोल्नुभएको थियो ।
कार्यक्रम गाउँ कमिटी उपाध्यक्ष दुर्गाबहादुर दुम्जनको अध्यक्षता, खुमन थापाको स्वागत र चक्रबहादुर पुनको संचालनमा सम्पन्न भएको थियो ।









