एन्फा अध्यक्षमा नरेन्द्र श्रेष्ठ विजयी

काठमाडौं, ८ कात्तिक
अखिल नेपाल फुटबल संघ एन्फाको अध्यक्षमा नरेन्द्र श्रेष्ठ निर्वाचित भएका छन् । सोमबार आयोजित साधारणसभामा निकटतम प्रतिद्वन्द्वी कर्मा छिरिङ शेर्पालाई पाँच मतले पछि पार्दै श्रेष्ठ अध्यक्षमा निर्वाचित भएका हुन् ।
यसैगरी वरिष्ठ उपाध्यक्षमा श्रेष्ठ प्यानलकै मणि कुँवर निर्वाचित भएका छन् । कुँवरले ३४ मत पाए । उनका निकटतम प्रतिद्वन्द्वी शेर्पा प्यानलका दिपक खातीको पक्षमा २५ मत परेको छ ।
स्वतन्त्र रुपमा वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिएका उपेन्द्रमान सिंहले ८ मत पाएका छन् ।