खुर्सानीको खाने बानी छ ? यस्ता छन् १० फाइदा

खाना खाने बेला खुर्सानी ? कोही कोही त सुन्ने वित्तिकै जिब्रो ट्वाक्क पार्नुहुन्छ होला है !
हरियो खुर्सानी कडक्क टोकेर खाना खानुको मज्जा खुर्सानी नखानेहरूलाई थाहा हुँदैन । डाक्टरहरूले पनि हरियो खुर्सानी हरेक दिन खाना खाने बेलामा खानकोलागि सुझाव दिएका छन् । खुर्सानीमा प्रमुख भिटामीनका तत्वहरू पाइन्छन् ।
हामीले विभिन्न एजेन्सीहरूको सहयोगमा हरियो खुर्सानी खाँदा हुने १० फाइदाहरू संकलन गरेका छौं

थाहा पाउनुहोस खुर्सानी खाँदै गर्दा तपाईलाई के फाइदा भइरहेको छ ।
१. खुर्सानीमा हुने भिटामीन ए ले आँखाको दृष्य शक्ति बढाउँछ भने आँखाको दुखाई हटाउँछ ।
२. हरियो खुर्सानी भिटामिन सिको पनि ठूलो स्रोत हो । त्यसैले हरियो खुर्सानी खाँदा छाला स्वस्थ हुन्छ भने चम्किलो बनाउँछ ।
३. हरियो खुर्सानीले स्वस्थ्यको प्रतिरक्षात्मक प्रणालीलाई बलियो बनाउनसहयोग पुराउँछ ।
४. हरियो खुर्सानी निरन्तर सेवन गर्दा पाचन शक्ति सशक्त बनाउँछ ।
५. हरियो खुर्सानीले फोक्सोको क्यान्सरको खतरा मात्रै टार्दैन चिसो र खोकीबाट पनि जोगाउँछ ।
६. हरियो खुर्सानीले नयाँ रक्त कोषहरु उत्पादन गर्न मद्दत पुराउँछ । साथै शरीरको हाडलाई स्वस्थ र बलियो पनि बनाउँछ ।
७. हरियो खुर्सानीको निरन्तर प्रयोले तपाईलाई लामो समय सम्म पनि बयस्क जस्तै देखाउँछ ।
८. खुर्सानीले शरीरको तौल घटाउनको लागि पर्याप्त सहयोग गर्दछ ।
९. हरियो खुर्सानीले खाने बेला मात्रै मुड फ्रेस बनाउँदैन त्यसमा हुने तत्वले लामो समय सम्म पनि मुड फ्रेस बनाउँछ ।
१०. हरियो खुर्सानीले पेटको क्यान्सर हुन दिँदैन भने पेटको अरु समस्या पनि हटाउँछ ।

आइतवार ७ कात्तिक २०७३ मा प्रकाशित