काठमाडौं, ७ कात्तिक
चलचित्र ‘लुट २’ को आइटम डान्स सार्वजनिक भएको छ । लुटको अपार सफलतापछि निश्चल बस्नेतले ‘लुट २’ ल्याउन थालेका हुन् ।
लैजाउ मलाई ठमेल बजार नामको उक्त आइटम डान्स खबु कामुक देखिन्छ । ठमेलमा हुने भनिएको रमाइलोलाई उक्त गीतमा देख्न पनि सकिन्छ ।
उक्त गीतमा सुन्दरीको भूमिकामा एलिसा राइले मत्याउने नृत्य गरेकी छन् भने दयाहाङ राइले पनि उक्त गीतमा नाचेर साथ दिएका छन् । केटा राइ र केटी राइ दुबै जना ‘मुड’मा आएको समेत उक्त गीतमा देख्न सकिन्छ ।
एकतारे र कालिप्रसाद बाँस्कोटा मिलेर लेखेको उक्त गीतमा बाँस्कोटालेनै संगित भरेका छन् । गीत भने मीना निरौला, भानुभक्त ढकाल र बास्कोटाले गाएका छन् ।
भिडियो









