
बागलुङ, ७ कात्तिक
बागलुङको भिमगीठे गाविसबाट बुर्तिबाङ तर्फ ल्याईदै गरेको घ १ प ३४० नम्बरको ट्याक्टरमा ७७ थान काठका फट्टा अर्थात महँगो सिर्मुको काठ सहित प्रहरीले ७ जनालाई पक्राउ गरेको छ ।
ईलाका प्रहरी कार्यालय भिमगिठेको गस्ती टोलीले शुक्रवार राति ११ बजे भिमगिठेमा पक्राउ गरि शनिवार बुर्तिबाङमा ल्याई आवश्यक अनुसन्धानका लागि इलाका वन कार्यालयलाई पत्र सहित बुझाएको प्रहरी निरीक्षक शिवराज क्षत्रीले बताउनुभयो ।
पक्राउ पर्नेहरुमा भिमगीठे गाविस–३ घर भई बुर्तिबाङ बस्ने बुद्ध घर्ति, भिमगीठे ३ का आयुस पाईजा, तुलसी पुन, दीपक पाईजा, प्रेम घर्ति, खीम बहादुर मगर, र ट्याक्टर चालक मनोज राना रहनुभएको छ ।
उनीहरु सबैले घरायसी प्रयोजनका लागि काठ लिएको बताएका छन् । यसरी काठ सहित पत्राउ परेकालाई स्थलगत अनुगमन गरि आवश्यक प्रक्रिया अघि बढाइने ईलाका वन कार्यलय बुर्तिबाङका साहायक रेन्जर खिम श्रीसले बताउनुभयो ।