
बागलुङ, ४ कार्तिक
बागलुङमा बुधवारदेखी कालीगण्डकी बागलुङ कालिका धार्मिक तथा शैक्षिक महोत्सव शुरु भएको छ ।
धौलागिरिको सवैभन्दा पुरानो बिद्यालय बिद्यामन्दिर माविको बिनाशकारी महाभूकम्पले क्षतिग्रस्त भवन पुर्ननिर्माण र शैक्षिक गुणस्तर बृद्धिका लागि आयोजना गरिएको महोत्सवको पहिलो दिनमै ४ करोड रुपैयाँ संकलन भएको छ ।
२०७२ साल बैशाख १२ गते गएको महाभूकम्प र २९ गते गएको पराकम्पनले बिद्यालय भवन क्षतिग्रस्त भए पछि पठन पाठनमा समस्या हुँदै आएको छ ।
बिद्यालय भवन पुर्ननिमार्ण तथा शैक्षिक विकास र गुणस्तर अभिवृद्धि लागि आयोजना गरिएको कालिगण्डकी बागलुङ कालिका धार्मिक तथा शैक्षिक महोत्सवको पहिलो दिनमै ४ करोड भन्दा बढी रकम संकलन भएको बिद्यालयका प्रधानाध्यापक जगन्नाथ आचार्यले बताउनुभयो । सदरमुकाममा रहेको बिद्यालयको भौतिक निमार्णको लागि संचालन गरिएको बिराट महायज्ञमा बिद्यालयको एक कोठा निमार्णका लागि आवश्यक पर्ने १२ लाख ५० हजार रुपैया २४ जना दानदाताले पहिलो दिनमा प्रदान गरेका छन् ।
आगामी कार्तिक १० गते सम्म संचालन हुने धार्मिक महोत्सव तथा महायज्ञमा धान्याञ्चल मुल आयोजक समितिका अध्यक्ष समाजसेवि लालचन्द्र राजभण्डारी, बिद्यालयका संस्थापक ओमप्रसाद गौचनका छोरा पुर्व वनराज्यमन्त्री ओमकारप्रसाद गौचन, ग्लोबल आइएमई बैकका अध्यक्ष चन्द्र ढकाल, प्रभु विकास बैकका सिइओ अशोक शेरचन, उद्योगी पुष्पमान श्रेष्ठ, महोत्सवका सह–अध्यक्ष सुवास राजभण्डारी, लक्ष्मीराज राजभण्डारी, दिपकचन्द्र प्रधान, शैलेन्द्रप्रसाद श्रेष्ठ लगायतका २४ जना शिक्षाप्रेमीले उक्त रकम प्रदान गरेको प्रधानाध्यापक आचार्यले बताउनुभयो । धार्मिक महोत्सव एवम् बिद्या मन्दिर धन धान्याञ्चल श्रीमद भागवत ज्ञान महायज्ञको बिद्यालयका संस्थापक, अभियन्ताका साथै बागदान गर्ने दानदाताहरुबाट संयुक्त रुपमा उद्घाटन गरिएको थियो ।
२५ कोठे सुविधा सम्पन्न बिद्यालय भवन निमार्णको लागि सचालन गरिएको महायज्ञमा १० करोड रुपैया उठाउने लक्ष्य राखिएको आचार्यले बताउनुभयो । भवन निमार्णको लागि अहिले सम्म २४ वटा कोठा निमार्णको लागि समाजसेवि,उद्योमी, व्यापारी, शिक्षाप्रेमिबाट प्रति व्यक्ति १२ लाख ५० हजार रुपैया सहयोग गरेको धार्मिक महोत्सव तथा धनधान्याञ्च सप्ताह ज्ञान महाज्ञका अध्यक्ष लालचन्द्र राजभण्डारीले बताउनुभयो ।
महायज्ञको पहिलो दिन हजारौ व्यक्तिद्धारा कालिगण्डकी नदिबाट जल ल्याएर कलयात्रा बाजागाजा,भजनकिर्तन गरि नगरपरिक्रमा गरि महायज्ञस्थल सम्म पुगेका थिए । महायज्ञमा कथावाचन पण्डित गोविन्दशरण महाराज र मिरादेवीले संगितमाय प्रवचन गर्नुहुनेछ ।
१९९७ सालमा स्वर्गिय ओमप्रसाद गौचन र मेघकुमार बैद्यले स्थापना गरेको बिद्यालयबाट अहिले सम्म ५ हजार बिद्यार्थीले एसएलसी परिक्षा पास गरिसकेका छन् । कक्षा १ देखि १२ सम्म अध्ययन हुने यस बिद्यालयमा अहिले ५ सय जना बिद्यार्थीले अध्ययन गर्दै आएका छन् ।









