यी हुन म्याग्दीका खुङखार चोर

हरिकृष्ण गौतम
म्याग्दी, ३ कात्तिक
म्याग्दीमा फाटफुट चोरी त दैनिक जसो भइरहन्छन् । सदरमुकाम बेनी देखि ग्रामिण क्षेत्रमा कुखुरा, बाख्रा देखी नगद चोरीका घटनाहरूको उजुरी प्रहरी कार्यालय म्याग्दीमा चाङ छ । चोरीमा संलग्न कलिला बालबालिका देखी यूवाहरूलाई धमाधम प्रहरीले पक्राउ गरिरहेको छ । तर, एउटा चोर जसको चोर्ने शैली, चोरीका घटनाहरूबाट म्याग्दीमै तरंग ल्याएको छ । पश्चिम म्याग्दीको दरवाङ–७ का खिम भनिने मन बहादुर रोकाले जिल्लाभित्र योजनााबद्ध तरिकाले घटाएका चोरी सम्बन्धित घटनाहरूबाट प्रहरी समेत चकित परेको छ ।img_4941
कुनैपनि ठाउँमा चोरी गर्नुपुर्व बस्तुस्थिति बुझ्ने, स्थानीयबासी तथा त्यहाँ रहेकाहरूको विवरण संकलन गर्ने जस्ता गतिविधिमा संलग्न रहेका रोकालाई प्रहरीले म्याग्दीको खुनखार चोरको संज्ञा समेत दिएको छ । प्रहरीले सार्वजनिक गरेको तीनवटा चोरीका घटनामा रोकाले प्रयोग गरेको चोरी गर्ने शैलीलाई प्रहरीको अपराध महाशाखा तथा जिल्लास्तरमा हुने अनुसन्धानमा पेशेवर तथा खुनखार चोरका रुपमा ब्याख्या गर्ने गरिन्छ ।img_4937
‘एउटा पेशेवर चोर पक्राउ गर्न सफल भएका छौ । सहयोगीहरूको जालो टोड्न प्रहरीले निरन्तर सक्रिय छ’ प्रहरी नायव उपरिक्षक विश्वराज खड्काले भने । उनले प्रहरीको अनुसन्धानमा चोरीमा संलग्न हुनेहरु मध्य योजनाबद्ध तरिकाले चोरी गर्नेहरूलाई अनुन्धानमा समेत निकै समस्या हुने गरेको छ । ठुलो जनशक्ती परिचालन सहित निरन्तर मेहनत गरेपछि मात्रै चोरलाई पक्राउ गर्ने सकिने भएकाले पनि पेशेवर चोरहरू समाजका लागी घातक भएको प्रहरीको भनाई । प्रहरीले मंगलबार सार्वजनिक गरेको रोका दरवाङ दिच्याम गाउँमा पेस्तोलको प्रयोग गरी लुटपाट गर्ने योजनाकार समेत हुन् ।
हतियार सहित समुहमा आएका लुटेराले स्थानीय जंग बहादुर पुर्जा र चित्रकुमारी पुर्जाको घरमा लुटपाट गरी फरार भएका रोका सहितको टोलीलाई प्रतिकार गर्दा स्थानीय ४० बर्षिय बेगप्रसाद रोका घाईते भएका थिए । त्यस्तै दाना–२ मा बुद्धिमायाँ बुढाथोकीको घरमा खुकुरी देखाई हातखुट्टा बाँधी घर भित्र प्रवेश गरी ४० हजार नगद, सुन र मोवाईल गरी २ लाख ४० हजार लुटपाट गरेर फरार भएका थिए । त्यस्तै गरी असोज–२६ गते दशैं विदामा घर गएको मौका छोपी बेनी नगरपालिका–६ स्थित पेट्रोल पम्पमा १ लाखभन्दा धेरै नगद चोरीमा समेत रोकाको योजना र प्रत्यक्ष संलग्नता रहेको प्रहरीको भनाई छ ।
चोरी गर्नुपुर्व १५ दिनसम्म रेकीimg_4922
रोकाले कुनैपनि चोरीका घटना पुर्व ३ देखी १५ दिनसम्म चोर्ने स्थान आसपासका क्षेत्रको निगरानी गर्ने गरेको बुझिएको छ । प्रहरीको अनुसन्धानको क्रममा रोकाले दिएको बयानमा सिधा चोरी गर्दा प्रतिकार र नियन्त्रणमा लिन सक्ने भएकाले पनि चोरीको पुर्व तयारीमा विभिन्न भेष, माक्स, चस्मा लगाएर जाने गरेको बताएका थिए ।
उनले दिच्याम, दाना र कालिपुलको चोरी पुर्व सम्बन्धित क्षेत्रमै पुगेर जानकारी लिएका थिए । केटाकेटी र महिला मात्रै भएको घरमा चोरी गर्न सजिलो हुने भएकाले रोकाले त्यस्ता घरलाई निगरानीमा राख्ने गरेको समेत प्रहरी अनुसन्धानमा खुलेको छ । रोकाको सहयोगीहरूमा मल्कवाङ–४ का ३१ बर्षिय छक प्रसाद छन्त्याल समेत पक्राउ गरेका छन् । प्रहरीलाई निकै सास्ती दिएका दुवैजनालाई पोखराबाट नियन्त्रणमा लिएको थियो ।
रोका–छन्त्यालको लुकामारी
प्रहरीले चोरीमा संलग्नको पहिचान भएपछि खोजी गर्ने क्रममा विभिन्न मोवाईलबाट फोन गर्दा आफुँ पोखरा रहेको जानकारी गराएपछि खोजीकार्यमा पोखरा पुगेको प्रहरीको टोलीले त्यहाँ निकै सास्ती खेप्नुप¥यो । पोखरा पुगेर फोन गर्दा रोकाले आफुँ कुस्मा रहेको भन्दै पुनः झुक्काएपछि प्रहरीले अनुसन्धानकौ शैलीलाई फरक गरी आधुनिक प्रविधिकको प्रयोग गरी बागलुङ बसपार्क आसपासका क्षेत्रमा बस्यो ।img_4925
त्यही नजिक आवतजावत गर्ने रोकालाई प्रहरीले हुलियाका आधारमा चिनेपछि पक्राउको प्रयासमा तीनतिरबाट घेराबन्दी ग¥यो । प्रहरी आएको सुइको पाएर भाग्ने क्रममा प्रहरीले रोकालाई नियन्त्रणमा लिएसंगै दुईबर्ष यता म्याग्दी जिल्लामा भएका ठुला चोरीका घटनामा समेत सफलता प्राप्त ग¥यो ।
त्यपछि प्रहरीले बेनीबजारकै पेटोल पम्प चोरीमा संलग्न भएका मल्कवाङ–४ छक प्रसाद छन्त्यालको खोजीमा अगाडी बढ्यो । चोरीको पैसाले दोहोरीमा मस्त रहेका छन्त्याललाई साँधुरो घेराबाट प्रहरीले नियन्त्रणमा लिन खोल्दा भागेपछि प्रहरीलाई समेत निकै हम्मेहम्मे भयो। प्रहरीले पेस्तोलको साहरामा उनलाई नियन्त्रणमा लिन सफल भयो । पुर्व भारतीय सेनाका छोरा छन्त्याल धेरै चोरीका घटनामा संलग्न रहेको प्रहरीको अनुमान छ ।
बेनीअनलाइनबाट