ट्राफिक कार्यालयमा ३ महिनामा १२ लाख बढी राजश्व संकलन

अर्जुन कार्की
बागलुङ, ३ कात्तिक
जिल्ला ट्राफिक कार्यालय बागलुङले तीन महिनामा १२ लाख भन्दा बढी राजश्व संकलन गरेको छ ।
ट्राफिक नियमविपरीत सवारी सञ्चालन गर्ने २ हजार ७७ सवारीलाई कारबाही गर्दा तीन महिनामा १२ लाख ९७ हजार ५ सय रुपैयाँ राजश्व संकलन भएको जिल्ला ट्राफिक कार्यालय बागलुङका प्रमुख एवं प्रहरी नायव निरीक्षक छब बहादुर घर्तिले जानकारी दिए ।
ट्राफिक कार्यालयले साउन महिनामा ४९० ओटा सवारी साधनबाट २ लाख ८६ हजार रुपैयाँ, भाद्र महिनामा ७ सय ४७ ओटा सवारी साधनबाट ५ लाख १५ हजार ५ सय रुपैयाँ र असोज महिनामा ८ सय ४० सवारीबाट ४ लाख ९६ हजार रुपैयाँ राजश्व संकलन गरेको घर्तिले जानकारी दिए ।
साउन महिनामा ६५ ओटा ट्रकबाट ३० हजार, २६ ओटा बसबाट १३ हजार ५ सय, १६२ ओटा कार र जिपबाट ९१ हजार ५ सय, १४९ ओटा मोटरसाईकलबाट ९९ हजार, ८५ ओटा टेक्टरबाट ४६ हजार ५ सय र ३ ओटा इ–रेक्साबाट १ हजार ५ सय रुपैयाँ राजश्व संकलन भएको थियो ।
यस्तै भाद्र महिनामा ८१ ओटा ट्रकबाट ४८ हजार, ८८ ओटा बसबाट ५१ हजार ५ सय, २५५ ओटा कार र जिपबाट २ लाख ६ हजार, १७३ ओटा मोटरसाईकलबाट १ लाख १९ हजार ५ सय र १५० ओटा टेक्टरबाट ८९ हजार ५ सय रुपैयाँ राजश्व संकलन भएको प्रमुख घर्तिले जानकारी दिए ।
यस्तै असोज महिनामा ५२ ओटा ट्रकबाट २७ हजार, १२४ ओटा बसबाट ६७ हजार, २८५ ओटा कार, जिप र भ्यानबाट १ लाख ६७ हजार ५ सय, १६४ ओटा मोटरसाईकलबाट १ लाख ९ हजार ५ सय र २१५ ओटा टेक्टरबाट १ लाख २५ हजार रुपैयाँ राजश्व संकलन भएको प्रमुख घर्तिले जानकारी दिए ।
सवारी चलाउँदा लाइसेन्स नबोक्ने, ओभर लोड गर्ने, क्षमताभन्दा बढी यात्रु राख्ने, गलत ठाउँमा सवारी रोक्ने, बिलबुक लाइसेन्स नलिने, मादकपदार्थ सेवा गरी सवारी चलाउने जस्ता सवारी नियमविपरीत काम गर्ने सवारी चालक कारबाहीमा परेका थिए ।
ट्राफिक प्रहरीले जेठ महिनायता न्यूनतम ५ सयदेखि अधिकतम १ हजार ५ सय रुपैयाँसम्म जरिवाना लिने गरेको छ ।