
नवीन शिशिर
बागलुङ, २ कार्तिक
बागलुङ बजार क्षेत्रका मुख्य सडकमा सौर्य बत्ति जडान गरिएको छ ।
सरकारले लोडसेडिङ समस्या समाधानका लागि बैकल्पीक उर्जाको रुपमा सौर्य बत्ति जडान गर्ने रणनीति लिए अनुसार बागलुङमा सौर्य बत्ति जडान गरिएको हो ।
बागलुङ नगरपालिका क्षेत्रको वडा नम्बर एक, दुई र तीनमा पर्ने मुख्य बजार क्षेत्रमा हालसम्म ७५ वटा सौर्य बत्तिबाट प्रयोगमा आएका छन् भने अन्य निर्माणधिन अवस्थामा रहेको बताइएको छ । नगरपालिकाको कार्यालयले जनसहभागितामा आधारित भई चार किलोमिटर क्षेत्रभित्र उक्त बत्ति जडान गरेको हो ।
बजारमा एक सय ६९ वटा वत्ति जडान गर्ने लक्ष्य राखिएको बागलुङ नगरपालिका कार्यालयका सामाजिक विकास अधिकृत भिमसेन पन्तले जानकारी दिनुभयो । बाँकी बत्ति कात्र्तिक मसान्तभित्र जडान हुने पन्तले बताए ।
बजार क्षेत्रमा सौर्य बत्ति जडान भए सडकमा जडान गरिएको बिजुली कटौती हुने छ । नगरपालिका क्षेत्रका विभिन्न ठाउँमा रातको समयमा उज्यालो बनाउँनका लागि विद्युतका पोलहरुमा विद्युत जडान गरिएपनि विद्युतको विल भुक्तानीमा समस्या हुँदै आएको थियो ।
सौर्य बत्ति जडानका लागि संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयबाट ६५ प्रतिशत, बागलुङ नगरपालिकाबाट २० प्रतिशत र स्थानीयबाट १५ प्रतिशत रकम जुटाइने नगरपालिकाका सामाजिक विकास अधिकृत पन्तले जानकारी दिए । सडक बत्ति निर्माणका लागि एक करोड ८० लाख ९७ हजार रुपैयाँ खर्च हुने जनाइएको छ ।
सुरुवातमा बागलुङ नगरका वडा नम्बर १ मा ४३, दुईमा ७४ र तीनमा ५२ ठाउँमा सौर्य बत्ती जडान गर्न लागिएको छ । सौर्य बक्ति जडानका लागि आवश्यक रकम जुटाउँनका लागि बत्ति राखिने क्षेत्र आसपासका जग्गाधनीले प्रति मिटर पाँच सय रुपैयाँ संकलन गर्नुपर्ने प्रावधान राखिएको जनाइएको छ ।
सडकको एकतर्फ २५ मिटरको अन्तरममा सोलार प्यानल सहितको पोल राखिने र दुबैतर्फ बत्ती राखिने जनाइएको छ । कात्तिक मसान्त भित्रम सम्पन्न हुने गरी गर्न संचालन गरिएको बत्ति जडानका लागि उपभोक्ता समिति मार्फत स्वाभीमानी उर्जा विकास कम्पनीले जिम्मा पाएको नगरपालिकाले जनाएको छ ।
नगरपालिको क्षेत्रमा सौर्य सडक बत्ति जडान गरे पछि रातिको समयमा समेत आर्थिक क्रियाकलाप सञ्चालन गर्न सक्ने वातावरण सृजना गर्न तथा आवागमनलाई सहज, सरल र सुगम बनाउदै सुरक्षामा सहयोग पुग्ने स्थानीय व्यवसायीहरुले बताएका छन् ।
नवीकरणीय उर्जाको प्रयोगबाट वर्तमानमा परेको विद्युतीय भार घटाउने, समुदायमा आधारित सडक बत्ति कार्यक्रमको माध्यमबाट समुदायको अपनत्व बोध गराउदै जाने र सहर तथा नगरउन्मुख क्षेत्रको सौन्दर्यता प्रवद्र्धन गर्ने उद्देश्य अनुरुप कार्य गर्न वर्तमान सरकारले निर्णय गरेको थियो ।
बजारको अन्य वडा र क्षेत्रमा पनि वत्ति जडानको लागि मन्त्रालयसँग मंसिर पहिलो हप्तादेखि पहल गर्ने बताइएको छ ।









