नेकपा एमालेको अभियान पालाकोट गाविस

बागलुङ, १ कात्तिक
८औँ जिल्ला अधिवेशन केन्द्रीत अभियान संचालन गरेको नेकपा एमाले जिल्ला कमिटी बागलुङ कलस्टर–२ को भेला पाला गाविसमा बुधबार सम्पन्न भएको छ ।
नेकपा एमाले गाउँ कमिटी पालाको आयोजनामा भएको भेलामा बोल्दै एमाले केन्द्रीय जलस्रोत तथा उर्जा विभाग सदस्य हिरा केसीले केपी ओली सरकारले संचालन गरेको विकास निर्माणको काम र स्थानीय निकायको रकमलाई उचित प्रयोग गर्न स्थानीय निकायको तत्काल निर्वाचन हुनुपर्ने बताउनुभएको थियो ।
कार्यक्रममा एमाले जिल्ला सचिवालय सदस्य टिकाराम सापकोटा, जिल्ला कमिटी प्रचार विभाग प्रमुख रामकृष्ण शर्मा लगायतले बोल्नुभएको थियो । भेलाले पालाकोट गाविसको कात्र्तिक ६ गते हुने गाउ अधिवेशनको लागि तयार स्वरुप वडा संयोजक तोकिएको छ ।
अधिवेशन तयारीको लागि वडा नम्बर १ मा गोरी थापा, २ मा चन्द्रकला थापा, ३ मा प्रेम किसान, ४ मा जगेन्द्र भण्डारी, ५ मा नरबहादुर थापा, ६ मा खगराज आचार्य, ७ मा टिका शर्मा, ८ मा गोविन्द कार्की र ९ मा भैरब किसानलाई संयोजक तोकिएको छ ।
कार्यक्रम नेकपा एमाले गाउँ कमिटी अध्यक्ष गोविन्दबहादुर खड्काको अध्यक्षता, उपाध्यक्ष बुद्धिबहादुर कार्कीको स्वागत र कृष्णप्रसाद शर्माको संचालनमा सम्पन्न भएको थियो ।