राजेशचन्द्र राजभण्डारी
बागलुङ, १ कार्तिक
धवलागिरी अञ्चलकै जेठो सामुदायिक विद्यालय विद्यामन्दिर उच्च माध्यमिक विद्यालयको भूकम्पबाट क्षतिग्रस्त बनेको भवनको पुनर्निर्माण गर्नका लागि कालिगण्डकी बागलुङ कालिका धार्मिक तथा शैक्षिक महोत्सवको तयारी अन्तिम चरणमा पुगेको सोमबार बागलुङ बजारमा पत्रकार सम्मेलन गरी जानकारी गराइएको छ ।
कार्तिक ३ गतेदेखि १० गतेसम्म हुने विद्यामन्दिर धन धान्याचल श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञबाट विद्यालयको २५ कोठे भवन बनाउनको लागि ५ करोड ५० लाख उठाउने लक्ष्य राखिएको विद्यामन्दिर उच्च माविका प्राचार्य डिल्लीराज गौतमले बताउनुभयो ।
२५ कोठे सुबिधा सम्पन्न बिद्यालय भबन बनाउन ५ करोड ११ लाख लागत लाग्ने सरकारी स्टमेट रहेको भबन निर्माणका लागि हाल सम्म १९ वटा कोठा बनाउनका लागि समाजसेवी, उद्योगपति, ब्यापारी, शिक्षक, व्यवसायी, शिक्षाप्रेमीबाट एउटा कोठा बराबर १२ लाख ५० हजार सहयोग गर्ने सहमत भै सकेको धनधान्यचल सप्ताह ज्ञान महायज्ञका अध्यक्ष लालचन्द्र राजभण्डारीले बताउनु भयो ।
१९९७ सालमा स्व. ओमप्रसाद गौचन र मेघकुमार बैधले स्थापना गरेको यश बिद्या लय बाट अहिले सम्म ५ हजार बिद्यार्थीले एसएलसी परिक्षा पास गरि सकेका छन् । कक्षा १ देखि १२ सम्म अध्ययन हुने बिद्यालयमा अहिले ५ सय जना बिद्यार्थीले अध्ययन गरिरहेका छन् ।
२०७२ साल बैशाख १२ र २९ गते गएको भूकम्पले बिद्यालय भबन क्षतिग्रस्त भएपछि नयाँ सुबिधाजन्य भबन बनाउने उद्देश्य साथ शुरू हुने धान्याचल महायज्ञमा कथा बाचन गोबिन्दशरण महाराजले गर्नुहुने कार्यक्रम छ ।