टमाटर ससमा किरा भेटियो

बागलुङ, ३० असोज
बागलुङ बजारमा सञ्चालित एक रेष्टुरेष्टमा ससमा किरा भेटिएको छ ।
तिरुपति फुट एण्ड ओएभरेज पोखरा मालेपाटनद्धारा उत्पादित गोलभेडाको ससमा किरा भेटिएको हो ।
बागलुङ बजारमा रहेको सुगम तन्दुरी रेष्टुरेष्टमा मःम तथा चाउमिनमा प्रयोग हुने टमाटर सस सडेर किरा परेको अवस्थामा फेला परेको हो । एक हप्ता पहिले बागलुङको सुशिल प्लाष्टिक पसलबाट खरिद गरिएको सस आज खोल्दा किरा भेटिएको रेष्टुरेष्टका सञ्चालक कमला आचार्यले बताउनुभयो ।
बागलुङमा होलसेल डिलरका रुपमा ससको विक्रि वितरण गर्दै आएका सुशिल प्लाष्टिक पसलका सञ्चालक विनोद पौडेलले अखाद्य सस आफुले नबेचेको दाबी गर्नुभएको छ ।
जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय र उपभोक्ता मञ्चको रोहवरमा सस जफत गरेको मञ्चका अध्यक्ष शैलेन्द्र श्रेष्ठले बताउनुभयो । जफत गरिएको ससलाई अहिले जिल्ला प्रशासन कार्यालय बागलुङमा पठाइएको छ ।
उक्त ससलाई परिक्षण गर्न खाद्य प्रविधि तथा पुननियन्त्रण विभाग काठमाण्डौँ वा क्षेत्रिय कार्यालय भैरहवा पठाउने तयारी गरेको प्रशासन कार्यालयले जानकारी गराएको छ ।
साथै चाडवाडको समयमा हुने अखाद्य सामाग्री विक्रि वितरण गरेको फेला परे कडा कारवाही गरिने प्रशासनले जनाएको छ ।