‘धवल बाटिका’ संयुक्त गजल संग्रह पुस्तक विमोचन

अर्जुन कार्की
बागलुङ, २९ असोज
धौलागिरी कला तथा साहित्य मञ्चले प्रकाशन गरेको धवल बाटिका संयुक्त गजल संग्रह शनिबार बागलुङ बजारमा बिमोचन गरिएको छ ।
धौलागिरी अञ्चलका ५१ जना युवा स्रष्टाहरुले लेखेका गजलहरुलाई संय्ुक्त रुपमा धौलागिरी कला तथा साहित्य मञ्च बागलुङ नेपालले पुस्तकका रुपमा प्रकाशन गरेको हो ।
उक्त विमोचन पछि बोल्दै गजलकार आवाज शर्माले साहित्य क्षेत्रको प्रचार प्रसारको लागि युवाहरुले गरेको उक्त कार्य उल्लेखनिय रहेको बताएका थिए । उनले नेपालमा एक दुई वटा गजलहरु लेख्दैमा आफुलाई बरिष्ट गजलकार सम्झनेहरुले गर्दा गजलको मुख्य भाव कोहीलाई पनि थाहा नभएको बताए ।
उनले गजल लेखनका नियमहरु जानेका र बुझेकाहरुले नै सिक्न चाहानेहरुलाई भ्रममा राखेको भन्दै युवा सर्जकहरुले ती भ्रमहरुलाई चिरेर जान सक्नुपर्ने आवस्यकता औल्याए ।
कार्यक्रममा सहित्यकार काजि रोशन, प्रज्ञा प्रेम छोटा, पर्वतका साहित्यकार डिआर शर्मा, म्याग्दीका शिव सस्मित, घायलश्री, शंखर चोखाल, सुशन विर्षजन लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिएभने उक्त पुस्तकको समिक्षा राम प्रसाद सुवेदीले गरेका थिए । पुस्तकको बारेमा प्रेम थापाले जानकारी दिएका थिए ।
धौलागिरी कला तथा सहित्य मञ्चका अध्यक्ष राजिव जिसी संघर्षिको अध्यक्षतामा सम्पन्न भएको विमोचन कार्यक्रमको स्वागत उपाध्यक्ष जयन्ती थापा सरगम र संचालन सहसचिव प्रकाश विद्रोहीले गरेका थिए ।