
बागलुङ, २७ असोज
म्याग्दीको सदरमुकाम बेनीबाट बागलुङ तर्फ आउँदै गरेको जीप म्याग्दीको रत्नेचौरमा दुर्घटना भएको छ ।
ग १ ज ३६०५ नम्बरको मुस्ताङ सेर्पा जिप म्याग्दी रत्नेचौरमा दुर्घटना हुँदा जिपमा सवार १२ जना मध्ये ९ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।
घाइते हुनेहरुमा म्याग्दी बरङ्जा १ का ४५ बर्षिया कोपिला बिक, उहाँका ९ महिनाका छोरा आर्यन बिक, ७० बर्षिया मनकुमारी बिक, भकिम्ली गाविस ८ की २९ बर्षिया जालमाया छन्त्याल, उहाँका श्रीमान ३१ बर्षिया कृतिबहादुर छन्त्याल, ८ बर्षिय छोरा आशिक छन्त्याल, बानपा १० कुडुलेका १७ बर्षिय अरुण आचार्य, ३६ बर्षिया लक्ष्मी आचार्य र बानपा ११ बस्ने २७ बर्षिय दिनेश जिसी रहनुभएको छ । घाइते सबैको धौलागिरी अञ्चल अस्पताल बागलुङमा उपचार भइरहेको र अवस्था मध्यम रहेको अस्पतालले जनाएको छ ।
जिप बेनी–बागलुङ सडकखण्ड अन्र्तरगत बेनपा–१ रत्नेचौरको घुमाउने चौतारो जंगलको माथिल्लो घुम्तीबाट तल्लो घुम्ती नजिक खसेको थियो । जीप गुडिरहेको ट्याक्सी माथि खसेको थियो ।
माथिल्लो घुम्तीबाट खसेको जीप तल्लो घुम्तीमा रहेका बा ५ च ३८३२ नम्बरको ट्याक्सीलाई ठक्कर दिएको थियो । ट्याक्सीमा ठोकिएका कारण मानवीय क्षतीबाट कम भएको प्रहरीले जनाएको छ ।