महानवमी पर्व, दुर्गा भवानीको पूजाआज गरी मनाइँदै

काठमाडौं, २४ असोज
आश्विन शुक्ल नवमीका दिन मनाइने महानवमी पर्व सोमबार हर्षोल्लासका साथ दुर्गा भवानीको पूजाआजा गरी मनाइँदैछ ।
महानवमीका दिनमा गरिने दुर्गा पूजालगायतका कार्य गरी घटस्थापनाका दिनमा राखिएको जमरा विभिन्न शक्तिपीठमा लगी चढाइन्छ । दसैँघर र कोतलगायत राज्यका विभिन्न देवी मन्दिर र शक्तिपीठमा बोका, हाँस, कुखुरा र राँगाको बलिसहित दुर्गा भवानीको विशेष पूजा आराधना र दुर्गा सप्तशती एवम् देवीस्तोत्र पाठ गरिन्छ ।dsc07041
यस्तै आज भीमापोखराको कोत भवनबाट घटस्थापनाको दिन राखिएका जमाराहरु भीमापोखराको दरबारमा लगि पुजा आराधना गरी राँगाको बलि दिइने चलन रहेको छ । भीमापोखराको खड्कालाई भकालीएका राँगाहरु आज बलि दिइनछ ।
पशुबलि नदिनेहरूले भने कुभिन्डो, घिरौँला, मूला, काँक्रो र जटा नरिवलसमेत बलि दिई पायस पनि चढाउने गर्दछन् । अधिकांश स्थानमा महाष्टमीको दिनमा बलि दिने र महानवमीका दिनमा मार हान्ने चलन छ ।
मार्कण्डेय पुराणमा उल्लेख भएअनुसार महानवमी तिथिकै दिन चामुण्डा देवीले रक्तवीज राक्षसलाई वध गरेकाले महानवमी पर्वलाई विशेष महत्वका साथ लिइन्छ । कतिपय शक्तिपीठमा भने हाँस, कुखुरा, बोका, भेडा र राँगाको पञ्चबलि दिने गरिन्छ ।
महानवमीका अवसरमा कोतहरूमा हर्षबढाइँका साथ कोतपूजा र निशानापूजा पनि गरिन्छ ।
यस अवसरमा आज भीमापोराको कोत भवनमा दिउँसो ३ बजेपछि बाजागाजासहित कोतपूजा गरि राँगाको बलि दिइन छ ।