
बागलुङ, २३ असोज
बागलुङको भीमापोखरामा संचालित भीमापोखरा बहुउद्देश्यीय सहकारी संस्थाको १५ औँ साधारणसभा आइतबार सम्पन्न भएको छ ।
साधारणसभाले पुनः गंगाबहादुर हमालको अध्यक्षतामा ११ सदस्यीय नयाँ संचालक समिति गठन गरेको छ ।
समितिको उपाध्यक्षमा विद्यापति गौतम, सचिवमा कर्णबहादुर थापा, सहसचिवमा चन्द्रकला थापा, कोषाध्यक्षमा होमबहादुर रोका रहनुभएको । समितिको सदस्यमा सविना गौतम, नारायणदक्त रेग्मी, विरबहादुर थापा, सोभाकान्त निउरे, गौरी किसान, रामप्रसाद शर्मा रहनु भएको ।
साधारणसभाले खिमबहादुर कार्कीको संयोजकत्वमा लेखा समिति गठन गरेको छ । समितिको सदस्यमा चन्द्रमणी गौतम र मानकुमारी मल्ल रहनुभएको छ । ।
साधारणसभाको उद्घाटन पछि बोल्दै जिल्ला सहकारी संघ बागलुङका अध्यक्ष दिपक गौतमले सहकारी आफ्नो उद्देश्य अनुरुप संचालन हुने सके मात्रा आर्थिक विकासको सहयोग अंग बन्न सक्ने बताउनुभएको थियो ।
कार्यक्रममा नेकपा एमाले जिल्ला सचिवालय सदस्य डिल्लीराज गौतम, नेपाल सूचना तथा संचार केन्द्रीय सहकारी संघका लेखा समिति सदस्य खिमबहादुर कार्की, भीमापोखरा युवा क्लव (विवाईसी) का अध्यक्ष अमर थापा, जिल्ला सहकारी संघ लेखा समिति संयोजक तोयानाथ गौतम, प्रगति बहुउद्देश्यीय सहकारी सस्थाका अध्यक्ष कुमार पौडेल, सिम्रिक कृषी तथा पशुपालन व्यवसायिक सहकारी संस्थाका अध्यक्ष मणी शर्मा, आदर्श संचार सहकारी संस्थाका सदस्य गंगाकुमारी शर्मा लगायतले बोल्नुभएको थियो ।
संस्थाले गत आर्थिक वर्षमा एक करोड ६२ लाख ९२ हजार २ सय ८२ रुपैयाँ कारोबार गरेको कोषाध्यक्ष होमबहादुर रोकाले प्रस्तुत गर्नुभएको प्रगति प्रतिवेदनमा उल्लेख गरिएको छ ।
कार्यक्रम संस्थाका अध्यक्ष गंगाबहादुर हमालको अध्यक्षता, उपाध्यक्ष विद्यापति गौतमको स्वागत र कर्णबहादुर थापाको संचालनमा सम्पन्न भएको थियो ।