
बागलुङ, २३ असोज
प्रसिद्ध ऐतिहासिक कालिका भगवती मन्दिरमा नवदुर्गाको आठौं दिन २ लाख ६ हजार २ सय ६२ रुपैयां संकलन भएको छ ।
आइतबार संकलन भएको बिवरण अनुसार भेटी ६७ हजार ४ सय ५ रुपैयां, परेवा बिक्रि १ सय ३६ जोडीबाट ५४ हजार ४ सय, बोका मुढ बिक्रि १ सय ५ बाट ७४ हजार १ सय ८० रुपैयां, कुखुरा मुढ बिक्रि ६५ वटाबाट २ हजार ९ सय २५ रुपैयां, रांगो मुढ २ वटा बिक्रिबाट २ हजार १ सय तथा आर्थिक सहयोग ५ हजार २ सय ५२ रुपैयां जम्मा भएको छ । महाअष्टमीको विषेश सन्दर्भमा सांझ कालरात्र्रि पूजा हुनेछ ।
महाअष्टमीका दिन मन्दिरमा रहेका ऐतिहासिक खड्गहरुलाई पवार खड्काहरु तथा मन्दिरका पुजारीहरुले विषेश पुजा गरी मौलो घुमाइएको थियो । तत पश्चात सो मौलोमा रांगो बलि दिइएको थियो । बिहान पञ्चवलिको रुपमा बोका, कुखुरा, हांस आदी बलि दिइएको थियो भने १ जोडी परेवा उडाइएको कालिका भगवती गुठी व्यवस्थापन समितिका अध्यक्ष राजु खड्काले बताए ।