
बागलुङ, २३ असोज
बागलुङमा एकै दिन आज दुई जनाको शव फेला परेको छ ।
बागलुङ नगरपालिका १ रामरेखामा नालीमा अड्किएको अवस्थामा एक युवकको शव फेला परेको प्रहरीले जनाएको छ ।
उक्त शव रामरेखा खत्री टोलका २५ बर्षिय दिपक खत्रीको भएको खुल्न आएको छ । नालीमा रडले केही बेरिएको अवस्थामा फेला परेको हुनाले मृत्यु शकांस्पद भएको मृतकका आफन्तले बताएका छन् । घटना बारेमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी उपरिक्षक चक्रबहादुर सिहंले बताउनुभयो ।
यसैगरी, आजै बागलुङ कालिका भगवति मन्दिर नजिकै एक जना मृत अवस्थामा भेटिएका छन् । मृत अवस्थामा भेटिएको शव मन्दिरमा बस्दै आएका जोगिको भएको बताइएको छ । नाम ठेगाना र आफन्त समेत केही नभएको बुझिएकाले उक्त शव पोष्टमार्टम गरी बागलुङ नगरपालिकाको जिम्मा लगाउने तयारी भइरहेको प्रहरी उपरिक्षक सिहंले बताउनुभयो ।









