सिम्रिक सहकारीको शुभकामना आदान–प्रदान

बागलुङ, २० असोज
पूर्व उर्जा राज्यमन्त्री रामजी प्रसाद शर्माले सहकारीहरुले आफ्नो उद्देश्य अनुरुप काम गरी देश विकासको लागि टेवा पु¥याउनुपर्ने बताएका छन् ।
सिम्रिक कृषि तथा पशु व्यवसायी सहकारी संस्था लिमिटेड बागलुङले विजया दशमी तथा शुभ दिपावलीको अवसरमा बिहीबार आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै पूर्व उर्जा राज्यमन्त्री शर्माले उक्त कुरा बताएका हुन । शर्माले सहकारीहरु आफ्नो उद्देश्य भन्दा पनि संस्था नाफा मुलक बनाउने काम गरेको बताउँदै सहकारीहरुले कहिलै पनि त्यस्तो गर्न नहुने बताए ।
शर्माले कृषि सहकारीहरुले वचत तथा ऋणको मात्र कारोबार नगरि कृषकहरुको हक र हितको लागि कृषि क्षेत्रमा लगानी गर्नु पर्ने बताएका छन् । उनले देश विकास गर्न मुख्यतया जलस्रोतको विकास, पर्यटनको विकास र कृषिको विकास गर्नुपर्ने बताएका थिए ।
कार्यक्रममा डिभिजन सहकारी कार्यालय बागलुङका प्रमुख विष्णु प्रसाद शर्मा, राष्ट्रिय सहकारी बैंकका संचालक राम बहादुर जिसी, जिल्ला सहकारी संघका अध्यक्ष दिपक गौतम, नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य हरिनारायण गौतम, जिल्ला कृषि विकास कार्यालयकी बागवानी अधिकृत महिमा बज्राचार्य, जिल्ला सहकारी संघका कोषाध्यक्ष भुपाल चालिसे, संस्थाका सल्लाहकार चन्द्रमणि उपाध्याय, डिल्लीराज गौतम, दुर्गा कुवर लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
संहकारीका अध्यक्ष मनिभद्र शर्माको अध्यक्षतामा सम्पन्न भएको शुभकामना आदान–प्रदान कार्यक्रमको स्वागत उपाध्यक्ष धन बहादुर कार्की र संचालन सदस्य दिल शिरीषले गरेका थिए ।