बागलुङ, १८ असोज
नेकपा एमाले जिल्ला कमिटी बागलुङले आठौँ जिल्ला अविधेशन केन्द्र्रीयत अभियान आजदेखि सुरु गरेको छ ।
संविधान कार्यान्वयन र आठौ जिल्ला अधिवेशनलाई केन्द्रीत चार महिने अभियानको एमाले बैकल्पिक केन्द्रीय सदस्य कुमारी केसीले पार्टी जिल्ला अध्यक्ष श्रीप्रसाद शर्मालाई अभियान केन्द्रीत सामाग्री र झोला हस्तान्तण गरी सुरुवात गर्नुभएको थियो ।
‘संविधानको कार्यान्वयन र आठौ जिल्ला अधिवेशनका लागि एमाले बागलुङको अभियान –२०७३ भन्ने नाराका साथ एमालेले जिल्लाव्यापी अभियानको तयारी गरेको छ । अभियान असोज २८ गतेदेखि माघ मसान्तसम्म सञ्चालन हुनेछ ।
शुभकामना आदन प्रदान तथा अभियान शुभारम्भ कार्यक्रममा बोल्दै एमाले बैकल्पीक केन्द्रीय सदस्य केसीले संविधान निर्माण र सरकार संचालनमा नेकपा एमालले खेलेको नेतृत्वदाढी भूमिकालाई जनतासामु स्थापित गर्न एमाले कार्यकर्ताहरु एकठिक्का भएर अभियानमा सहभागी हुनुपर्ने बताउनुभएको थियो ।
संविधानको कार्यान्वय हुन नदिने, राष्ट्रिय स्वामभिमानलाई कमजोर पर्ने र नेकपा एमाले विरुद्ध गलत प्रचार गर्ने षडयन्त्र भएको भन्दै केसीले एमाले विरुद्धको षडयन्त्रलाई भण्डाफोर गर्दै संविधानको रक्षा र कार्यान्वयनमा एमाले दृढताका साथ अगाडी बढने बताउनुभयो ।
कार्यक्रममा बोल्दै नेकपा एमाले बैकल्पिक केन्द्रीय सदस्य गोविन्दबहादुर नेपालीले सवै तहको निर्वाचनमा पार्टीलाई पहिलो शक्तिको रुपमा स्थापित गर्न आठाँै जिल्ला अधिवेशन केन्द्रीत अभियान सफल हुने विश्वास व्यक्त गर्नुभएको थियो ।
एमाले बागलुङको असोज १४ गते सम्पन्न सचिवालय वैठकले जिल्लालाई १० कलष्टरमा विभाजन गरी अभियान सञ्चालन गर्ने निर्णय गरेको छ । स्थानीय स्तरमा संविधानको कार्यान्वयन एमालेको अभियान, आठौ जिल्ला अधिवेशनका लागि सिंगो पार्टी परिचालन नारा तय गरिएको छ । एमाले बागलुङको आठौ जिल्ला अधिवेशन आगामी मंसिर २५ देखि २७ गतेसम्मका लागि तय भएको छ ।
अधिवेशन सम्पन्न गर्नको लागि जिल्ला कमिटी अध्यक्ष श्रीप्रसाद शर्माको संयोजकत्वमा मुल व्यवस्थापन समिति गठनका साथै विभिन्न उपसमिति समेत गठन गरिएको छ । उपसमिति अन्गर्त प्रतिनिधि व्यवस्थापनमा विष्णु भुसाल, जनपरिचालनमा डिल्लीराज गौतम, आर्थिक व्यवस्थापनमा भुपाल चालिसे, हलमञ्च व्यवस्थापनमा धुव्रबहादुर केसी, आतिथी सत्कारमा सावित्रा राना, खाद्य आवासमा गोविन्द गौतम, यातायत व्यवस्थापनमा संजयकुमार श्रेष्ठ, प्रचारप्रसारमा रामकृष्ण शर्मा, स्वयसेवक परिचालनमा भरत पुरी, सासर््कति व्यस्थापनमा अञ्जु जिसी र बैकुण्ठ सापकोटालाई जिम्मेवारी तोकिएको छ ।
त्यस्तै, असोज २८ देखि कात्र्तिक ६ गतेसम्म संचालन हुने संगठन विस्तार तथा सुदृढिकरण अभियान संचालनको लागि कलष्ट १ को संयोजकमा धुर्वबहादुर केसी, २ मा टिकाराम सापकोटा, ३ मा गोविन्द गौतम, ४ मा संजयश्रेष्ठ, ५ मा विष्णु भुषाल, ६ मा टंक पौडेल, ७ मा दलबहादुर घर्ती, ८ मा सावित्रा राना, ९ मा भुपाल चालिसे र १० मा धनबहादुर परियारलाई संयोजक तोकिएको छ ।
कार्यक्रम नेकपा एमाले जिल्ला कमिटी अध्यक्ष श्रीप्रसाद शर्माको अध्यक्षता, सचिवालय सदस्य भुपाल चालिसेको स्वागत र संगठन विभाग प्रमुख विष्णु भुषालको संचालनमा सम्पन्न भएको थियो ।