साझाको बस बागलुङ आईपुग्यो

बागलुङ, १६ असोज
साझा यातायाताको बस आइतबार साँझ ७ बजे बागलुङ आईपुगेको छ ।
ललितपुरको पुल्चोकबाट गोगंबु नयाँ बसपार्क हुँदै बागलुङको छुटेको बस बेलुका आईपुगेको हो । ५५ सिटको बस बागलुङ आईपुगेको धौलागिरी इन्चार्ज नविन श्रेष्ठले जानकारी दिए ।
साझाको बस सोमबार बिहान ६ः३० बजे काठमाडौको लागि छुट्ने छ । साझाले १० वर्षपछि उपत्यका बाहिर गाडी सञ्चालन गरेको हो ।
बागलुङदेखि काठमाडौं जानको लागि बागलुङको समिक्षालय चोक र हल्लन चोकमा टिकट काउण्टर राखिएको धौलागिरी इन्चार्ज नविन श्रेष्ठले जानकारी दिए ।
बस बागलुङ देखि काठमाडौंको लागि बिहान ६ः३० बजे छुट्ने छभने बिहान ७ बजे कुश्माबाट छुटने छ ।
बसको भाडा ५ सय ५० लाग्ने छ ।