डिभीको आवेदन अर्को साता खुल्ने

अमेरिकी इलेक्ट्रोनिक्स डाइभर्सिटी भिसा डिभीको आवेदन अर्को साता खुल्ने भएको छ ।
काठमाडौंस्थित अमेरिकी दूतावासले सुचना जारी गरी असोज १८ गतेवाट आवेदन दर्ता गर्न सकिने जनाएको छ ।  डिभीका लागि कात्तिक २२ सम्म आवेदन दिन सकिने छ । दूतावासले डिभी भर्नका लागि कुनै शुल्क तिर्नु नपर्ने समेत प्रष्ट पारेको छ ।
डिभी आफैं भर्न चाहनेले तोकिएको समयभित्र www.dvlottery.state.gov वेवसाइटमा गएर डिभीका लागि आदेवन भर्न सक्नेछन् ।  निवेदनकले २१ वर्ष भन्दा कम उमेरका सबै सन्तानको स्पष्ट विवरण राख्नु पर्ने छ । एक जनाका लागि एउटा मात्र आवेदन बुझाउनु पर्नेछ ।
एकभन्दा बढी आवेदन बुझाउने आवेदकहरू चिट्ठाका लागि अयोग्य ठहरिनेछन् । अघिल्लो वर्षको डि.भी. आवेदनमा प्रयोग गरिएको फोटो यस वर्षको आवेदनमा प्रयोग गरेमा अयोग्य ठहरिनेछ । फोटोसम्बन्धी नियमहरू कडाइका साथ पालना गर्नु पर्नेछ र प्रत्येक फोटो आफ्नो आवेदनमा समावेश भएका सही व्यक्तिहरूसँग मेल खाने गरी पेश गर्नु पर्नेछ । फोटो खिच्दा आवेदकहरूले चश्मा लगाउनु हुँदैन ।