शिक्षक विष्णुप्रसाद शर्मालाई विदाई

बागलुङ, १२ असोज
धौलागिरी बहिरा आवासीय माध्यमिक विदलय बागलुङबाट सेवा निवृत्त हुनुभएका शिक्षक विष्णुप्रसाद शर्मालाई बुधबार विदाई गरिएको छ ।
विद्यालयले एक कार्यक्रमको आयोजना गरी विद्यालयका सहायक प्रधानध्यापक समेत रहनुभएका सेवा निवृत्त शिक्षक शर्मालाई औपचारिक रुपमा विदाई गरेको हो । शिक्षक शर्मा साउन १ गते सेवा निवृत्त हुनुभएको थियो ।
विदाई कार्यक्रममा बोल्दै शिक्षक शर्माले बहिरा बालबालिकाको शैक्षिक अधिकारी सुनिश्चित गर्न निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा सिटिईभीटी संयोजक कुलप्रसाद सापकोटा, शिक्षक सिता सुवेदी, प्रेस चौतारी बागलुङका उपाध्यक्ष तथा पत्रकार नवीन शिशिर, कक्षा ११ का विद्यार्थी धनबहादुर थापा, प्रगतिशिल बाल क्लवका कार्यवहाक अध्यक्ष साजन परियार, जुनियर रेडक्रस सर्कलका अध्यक्ष सुनिता शर्मा लगायतले बोल्नुभएको थियो ।
कार्यक्रम प्रधानध्यापक मदुसुदन निउरेको अध्यक्षता र सहायक प्रधानध्यापक रेशम श्रीसको संचालनमा सम्पन्न भएको थियो ।
सोही अवसरमा प्रगतिशिल बहिरा बालक्लवले विजय दशमी तथा शुभदिपावलीको अवसर पारी शुभकामना आदन प्रदान कार्यक्रम संचालन गरेको थियो ।
कार्यक्रममा बोल्ने वक्ताहरुले दशै तिहारलाई परम्परागत संस्कारको संरक्षण र सम्बद्र्धन हुने गरी मनाउनु पर्नेमा जोड दिएका थिए । कार्यक्रममा प्रधानध्यापक मदुसुदन निउरे, पूर्वशिक्षक विष्णुप्रसाद शर्मा, सिटिईभिटी संयोजक कुलप्रसाद सापकोटा लगायतले बोल्नुभएको थियो । कार्यक्रम साजन परियारको अध्यक्षता, सहसचिव मनिषा पाठकको स्वागत स्वागत र सुजन जिसीको संचालनमा सम्पन्न भएको थियो ।