युवा सञ्जालद्धारा शैक्षिक सामग्री बितरण

बागलुङ, ११ असोज
एकता सामाजिक युवा सञ्जाल तंग्रामले जिल्लाको तंग्राम ३ मा रहेको चन्द्र प्राथमिक विद्यालयका विद्यार्थीहरुलाई मंगलबार शैक्षिक सामाग्री वितरण गरेको छ ।
संञ्जालले विद्यालयमा अध्यनरत बाल शिक्षा सहित कक्षा १–५ सम्मका ५३ जना विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरेको सञ्जालका अध्यक्ष अमर थापाले खबरवे अनलाईनलाई जानकारी गराए ।
बालबालिकालाई विद्यालयमा जानको लागि आकर्षित गर्ने र बालबालिकाको विद्यालय मोहलाई अझै उत्साहित गरि प्रभावकारी ढंगबाट उनिहरुको शिक्षा क्षेत्रमा उन्नयन गर्ने हेतुले कार्यक्रमको आयोजना गरिएको संस्थाका अध्यक्ष थापाले बताए । शैक्षिक सामाग्रीहरुकधो अभावले विद्यालयमा निरन्तर जान नसक्ने विद्यार्थीहरुलाई यसकार्यबाट केही राहत मिलने सञ्जालले विश्वास लिएको छ ।
शैक्षिक सामाग्री वितरण पछि बोल्दै विद्यालयका प्रधानाध्यापक गिरी बहादुर पुनले बिद्यालय जान बाधा नहोस् र शैक्षिक अधिकार सुनिश्चित गर्न यस कार्यक्रमले ठूलो योग्दान गरेको बताए थिए ।14483601_616639135174437_368177499_n
कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका टिकाराम पुन, कृषि सञ्जालका अध्यक्ष दिल बहादुर पनु र सुकमाया पुनले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
सोही अवसरमा कार्यक्रम व्यवस्थापन समितिका संयोजक मन बहादुर थापाको संयोजनमा सञ्जालले हस्तलेखन प्रतिस्पर्धा संचालन गरेको थियो ।
कक्षा ३–५ का २३ जना विद्यार्थीहरु विच गरिएको उक्त प्रतियोगितामा कक्षा ४ का कविशन थापा प्रथम, जिस्मिता पुन द्धितिय, कक्षा ५ का अमृता जोल्मि तृतीय र सुमित थापा चौथो भएका थिए ।
प्रतियोगितामा लेखन तरिका, शैली, शुद्धाशुद्धी हेरीएको थियो । विजेता विद्यार्थीहरुलाई पुरस्कृत गरिएको थियो ।
सञ्जालका अध्यक्ष अमर थापको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रमको स्वागत होम बहादुर पुन र संचालन उपाध्यक्ष कृष्ण पुनले गरेका थिए ।