घोरेपानीमा पर्यटकको चहलपहल बढ्दो

म्याग्दी, १० असोज
म्याग्दीको प्रमुख पर्यटकीय स्थल घोरेपानीमा पर्यटकको चहलपहल बढ्दै जान थालेको छ । घर गाविस अन्र्तरगत पर्ने घोरेपानीमा विभिन्न नाकाबाट पर्यटकहरुको आगमन हुन थालेको छ।
कास्कीको पोखरा–नयाँपुल, घान्दु्रक हुदै घोरेपानी र यता म्याग्दी सदरमुकाम वेनी–तातोपानी, घारा, शिख हुदै घोरेपानी र नागी–महरेडाँडा हुदै पुनहिलमा जानेमा अधिकांस वेल्जियम, इटली, जर्मन, ईजरायल, अमेरिका, कोरिया, बेलायत, भारत, लगायतका मुलुकका रहेको पर्यटकहरु देखिन थालेको ईलाका प्रहरी कार्यालय घोरेपानीका असई हिरा बहादुर केसीले बताए ।
‘दैनिक पर्यटकको संख्या बढिरहेको छ । असोज महिनाको अन्तिमसम्म धेरै आउँछन्’ उनले भने । अहिले दैनिक ७० देखी १ सयको हाराहारीमा पर्यटक भित्रिएको समेत प्रहरीले जनाएको छ । घोरेपानी गएका पर्यटकहरु मध्ये केही मुस्ताङ तर्फ जाने गरेका छन् । तिन दिनसम्म पुनहिल तथा आसपासका क्षेत्रमा रमाउने गर्दछन् ।
समुन्दी सतहदेखी ३ हजार २ सय १० मिटरको उचाईमा अवस्थित पुनहिलमा मनोरम हिमश्रृखला, मगर जातीको संस्कृती र रहनसहन, विविध प्रजातीका पशुपंक्षी, वनस्पतीको साथै सुर्योदयको अवलोकन, स्थानिय कला तथा मगर नृत्य लगायत प्रस्तुत गरी पर्यटकलाई आर्कषित गर्ने गरिएको छ । पाँच दशकअघि अन्नपुर्ण पदयात्रा मार्ग सुरु भएपछि बाटो हिड्ने पर्यटकका लागि चिया, नास्ता खुवाउन खुलेका साना होटल तथा भट्टीले पर्यटकको बाक्लो आगमनसँगै सुविधासम्पन्न होटलहरू बनेका थिए ।
पर्यटकको चहलपहल बढेपछि ब्यवसायी समेत उत्साहित भएको पर्यटन ब्यवसायीले बताएका छन् । पर्यटकलाई लक्षित गरेर स्थानिय आमा समुह र होटल ब्यवसायी समितिले सरसफाईमा नमुना बनाउने प्रयास गरिरहेको छ । पर्यटकको आगमन बढ्दै जान थालेपछि प्रहरीले पर्यटकको सुरक्षाका लागि विभिन्न गस्ती गर्न थालेको छ । विश्वको उत्कृष्ट १० गन्तब्य भित्र पर्ने अन्नपुर्णमा २१ दिने अन्नपुर्ण परिक्रमा पदयात्रामार्ग अन्तर्गत घोडेपानी सुन्दर गन्तब्य हो ।