
आयुर्वेदका अनुसार मानिसले आफ्नो आहारमा बीरे नून समावेश गर्दा धेरै रोग निको हुन्छन् । यसले कोलेस्ट्रोल, मधुमेह, उच्च रक्तचाप, डिप्रेसन र पेटका रोगहरूबाट मुक्ति दिलाउँछ किनकि यसमा खनिज हुन्छ ।
बिहानबिहानै पानीमा बीरे नून हालेर खान थाल्नुभयो भने स्वास्थ्यलाई लाभ पुग्छ । सधैं प्रयोग गरिने सेतो नून हाम्रो स्वास्थ्यका लागि हानिकारक हुन्छ । त्यसको साटो बीरे नून प्रयोग गर्न थाल्नु उपयुक्त हुन्छ ।
पाचनलाई बलियो बनाउन र्याल ल्याउने ग्रन्थिलाई यसले सक्रिय गराउँछ । यसले भोजनलाई टुक्र्याएर पचाउन मद्दत गर्छ ।
पाचनलाई बढाएर मोटोपन घटाउन बीरे नूनले मद्दत पुर्याउँछ । जोर्नी र मांसपेशीमा हुने दुखाईलाई यसले कम गर्छ । आन्द्रामा जमेको ग्यास छुटाउनका लागि पनि यो उपयोगी हुन्छ । शरीरमा चिनीको मात्रा घटाउन पनि यो उपयोगी हुन्छ । शिशुहरूलाई बीरे नून खुवाउँदा उनीहरूको पेट ठीक हुन्छ अनि कफहरू पनि छुट्छन् । अनिद्राको समस्यालाई पनि यसले हल गर्छ किनकि यसमा भएको खनिजले हाम्रो शरीरलाई शान्त गर्छ ।
चायाँ लाग्ने र कपाल झर्ने समस्यालाई पनि यसले निको पार्छ । शरीरमा भएका खतरनाक ब्याक्टेरियाहरूलाई पनि यसले ध्वस्त पार्छ ।
२०७३ असोज ९ गते आइतवार प्रकाशित









