बागलुङ (भीमापोखरा), ५ असोज
हरेक वर्षजस्तै यस वर्षपनि बडादशैको उपलक्ष्यमा भीमापोखरामा बडादशै तथा पुर्णिमा मेला २०७३ हुने भएको छ ।
हाम्रो संस्कृती हाम्रो शान, वडा दशैं तथा पुर्णिमा मेला हाम्रो पहिचान भन्ने मुल नाराका साथ शान्ति नव युवा क्लव भीमापोखरा–३, सलाम बागलुङले बडा दशै तथा पुर्णिमा मेला २०७३ गर्न लागेको आयोजकले जानकारी दियो ।
क्लवले मेलामा खुल्ला वडा स्तरिय पुरुष भलिवल प्रतियोगिता, ग्रुप डान्स प्रतियोगिता, महिला रस्सा कस्सि, भजन प्रतियोजना र एकल खुल्ला नृत्य प्रतियोगिताको आयोजना गरेको मुल संयोजक अनिल उपाध्यायले जानकारी दिए ।










